भावना कार्की
सौल/ दक्षिण कोरिया ।
दक्षिण कोरियामा क्रियाशील सुदूरपश्चिम समाज, दक्षिण कोरियाको १९औँ साधारण सभा तथा अधिवेशन आगामी १८ जनवरी २०२६ (आइतबार) सम्पन्न हुने भएको छ।
समाजले कोरियामा रहनुहुने सम्पूर्ण सुदूरपश्चिमेली दाजुभाइ तथा दिदीबहिनीहरूका साथै सम्पूर्ण नेपाली समुदायलाई गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गरेको छ।
कार्यक्रमको विवरण यस प्रकार रहेको छः
📍 स्थान: 서울특별시 종로구 창신길 51 (창신동) 5층
📅 मिति: १८ जनवरी २०२६ (आइतबार)
⏰ समय: बिहान ११:०० बजे
समाजले साधारण सभा तथा अधिवेशनलाई सफल बनाउन सबैको सक्रिय सहभागिता अपेक्षा गरेको छ।

