विशेषत हिउँदका महिनाहरु कलाकारका लागि अझै विशेष हुन्छन्। देशका विभिन्न ठाउँमा आयोजना हुने मेला महोत्सव र लगनका महिनाहरुले लगन बिहेवारी विशेष गीतहरू रेकर्डिङ र सांगीतिक प्रस्तुतिको लागि अझै व्यस्त देखिन्छन् कलाकारहरु ।
यसै बेला गायक तथा सर्जक राममणि फुयाँलको शब्द संगीतमा “झ्याइँ झ्याइँ” नामको निकै रमाइलो गीत सुजाता तिमल्सिनाले सार्वजनिक गरेकी छ्न् । राममणि फुयाँल र गायिका माण्डवी त्रिपाठीको आवाजमा रहेको यस गीतलाई संगीतकार तथा एरेन्जर
विपिन आचार्यले उत्कृष्ट एरेन्ज गरेका छ्न् ।
MB म्युजिक रेकर्डिङ स्टुडियोमा अडियो रेकर्ड सम्पन्न भएको यस गीतको म्युजिक भिडियो स्वयं विपिन आचार्यले निर्देशन गरेका छन् भने गीतको म्युजिक भिडियोमा अभिनयमा राममणि फुयाँल र अश्विनी शाहीलाई देख्न सकिन्छ। विजय रुम्बा लामाको छायांकन, सम्पादन र कोरियोग्राफीमा तयार भएको यस गीतलाई
माण्डवी त्रिपाठी युटुब च्यानलमा हेर्न पाइन्छ ।

