बिष्णु गुरुङ
सौल/ दक्षिण कोरिया ।
दक्षिण कोरियामा बसोबास गरिरहेका नेपाली तामाङ समुदाय तथा सम्पूर्ण नेपालीहरूको सहभागितामा नेपाल तामाङ घेदुङ दक्षिण कोरिया केन्द्र, सउलको आयोजनामा “सोनाम ल्होछार बृहत् सांस्कृतिक कार्यक्रम–२०२६” आयोजना हुने भएको छ।
नेपालीहरूको महान पर्व मञ्जुश्री संवत् २८६२ ता ल्हो (घोडा वर्ष) सोनाम ल्होछार तथा कोरियाली पर्व सलनालको लामो बिदाको अवसर पारेर उक्त कार्यक्रम आयोजना गर्न लागिएको आयोजक संस्थाले जनाएको छ।
कार्यक्रम “शैक्षिक दीर्घकालीन कल्याणकारी कोष सहयोगार्थ” आयोजना गर्न लागिएको हो। कार्यक्रममा नेपालका ख्यातिप्राप्त कलाकारहरू तथा दक्षिण कोरियामा क्रियाशील नेपाली कलाकारहरूको विशेष प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ।
नेपाल तामाङ घेदुङ दक्षिण कोरिया केन्द्रले सोनाम ल्होछारको पावन अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सु–स्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना समेत व्यक्त गरेको छ।
कार्यक्रम विवरण:
- मिति: २०२६ फेब्रुअरी १६ (सोमबार)
- समय: दिउँसो ठीक ३:३० बजे
- स्थान: CREST 72 (글라스 홀) / World K-Pop Center Glass Hall
72 Jangchungdan-ro, Seoul
कार्यक्रममा दक्षिण कोरियामा बसोबास गर्ने सम्पूर्ण नेपालीहरूलाई उपस्थित भई कार्यक्रम सफल बनाउन आयोजक संस्थाका अध्यक्ष राजकुमार स्याङतान र महासचिव आबिशेक थिङ तामाङले हार्दिक निमन्त्रण तथा अनुरोध गरेका छन्।

