“Live in Korea” मा कुम सागर एन्ड द ख्वपाःको भव्य प्रस्तुति हुने

कोरियाअपडेट

रवि पराजुली 

कामदार दैनिक ।

दक्षिण कोरियामा रहेका नेपाली समुदायका लागि विशेष सांगीतिक कार्यक्रम “Live in Korea” आयोजना हुने भएको छ। नेपाली प्लेयर्स एसोसिएसन, फिटनेस नेपाल र लाबा ग्रुपको संयुक्त आयोजनामा हुन लागेको यो कार्यक्रम फेब्रुअरी १५, २०२६ मा कोरियाको सिओलमा सम्पन्न हुनेछ।

कार्यक्रममा चर्चित नेपाली रक ब्यान्ड कुम सागर एन्ड द ख्वपाःले प्रत्यक्ष (लाइभ) प्रस्तुति दिनेछन्। नेपाली मौलिक संगीत र सशक्त स्टेज प्रस्तुतीका लागि परिचित यस ब्यान्डको कन्सर्टले कोरियामा रहेका नेपाली दर्शक–स्रोतामाझ विशेष उत्साह थप्ने अपेक्षा गरिएको छ।

कार्यक्रमलाई “Seollal Special Event” का रूपमा आयोजना गर्न लागिएको हो, जसले कोरियाको प्रमुख चाड सोल्लालको अवसरलाई अझ यादगार बनाउने आयोजकको विश्वास छ। कार्यक्रमका लागि कलाकारहरूको भिसा समेत स्वीकृत भइसकेको जनाइएको छ।

कार्यक्रमबारे थप जानकारीका लागि

  • आर. के. श्रेष्ठ (पहाडी): 010-8711-7081
  • अञ्जन थापा मगर: 010-8268-9574
  • राजकुमार स्याङ्तान: 010-8711-7081

मुख्य प्रायोजकका रूपमा एसीसी (Asian Cultural Center) र नेपा मोबिलाइज रहेका छन् भने विभिन्न संघ–संस्था तथा मिडिया पार्टनरहरूको समेत सहयोग रहेको छ।

कोरियामा रहेका नेपालीहरूका लागि यो कार्यक्रम नेपाली संगीत, संस्कृति र एकताको अनुपम अवसर बन्ने अपेक्षा गरिएको छ।