फरक दृष्टिकोण भएका दलबीच हुने ध्रुवीकरणबाट देशले निकास पाउँदैनः अध्यक्ष लिङ्देन

राजनीति समाचार

काठमाडौँ, ५ माघः राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक आदर्श तथा सिद्धान्तमा फरक दृष्टिकोण भएका दलबीच हुने ध्रुवीकरणबाट देशले निकास नपाउने बताउनुभएको छ ।

पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले वैचारिक दृष्टिकोण निकट दलहरुबीच हुने एकता स्वभाविक भए पनि त्यसबाहेकको ध्रुवीकरणले समस्याको समाधान गर्न नसक्ने बताउनुभएको हो ।

अध्यक्ष लिङ्देनले पार्टी सङ्गठनलाई बलियो बनाएर चुनावमा विजयी गराउन नेता तथा कार्यकर्तालाई एकजुट हुन निर्देशन दिनुभयो ।

अधिवक्ता स्वागत नेपाल र पत्रकार गजेन्द्र बुढाथोकीलाई पार्टीमा स्वागत गर्दै उहाँले मुलुकमा निषेधको राजनीति गर्न नहुने धारणा राख्नुभयो । अध्यक्ष लिङ्देनले नवीन समझदारीका लागि सबै राजनीतिक दल र सम्बद्ध पक्षलाई दबाब सिर्जना गर्ने तयारी भइरहेको उल्लेख गर्नुभयो ।