पाटन ९ललितपुर०, ५ माघः नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले समुदाय र प्रहरीको साझेदारीले मात्र समृद्धि र अमनचयन कायम सम्भव हुने बताउनुभएको छ ।
जिल्ला प्रहरी परिसर ललितपुरद्वारा आज मङ्गलबजारको कार्तिक डबलीमा आयोजित समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत ‘हाम्रो प्रहरी नेपाल प्रहरी कार्यक्रम २०८२’ लाई सम्बोधन गर्दै महानिरीक्षक कार्कीले समुदाय र प्रहरीको सौहार्दपूर्ण सम्बन्धले मात्र शान्ति सुरक्षा कायम हुनसक्ने बताउनुभयो ।
“कानुन कार्यान्वयन गर्दै शान्ति सुरक्षा कायम गर्ने प्रहरीको जिम्मेवारी हो, तर त्यसका लागि नागरिकहरुको सहयोग र समन्वय महत्त्वपूर्ण हुन्छ”, उहाँले भन्नुभयो । महानिरीक्षक कार्कीले प्रविधिको विकाससँगै सांस्कृतिक र समाजको सम्बन्ध कमजोर हुँदै गएकामा चिन्ता व्यक्त गर्नुभयो ।
जिल्ला प्रहरी ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक होविन्द्र बोगटीले क्षतिग्रस्त प्रहरी कार्यालयहरुका पुनर्निर्माण र जलेका सवारीसाधनहरुको ठाउँमा थप साधनहरु परिपूर्ति गरिसकेको जानकारी दिनुभयो ।
यस कार्यक्रममार्फत नेपाल प्रहरीले प्रहरी र नागरिकबीचको अन्तरसम्बन्ध पुनः स्थापित गर्दै पारदर्शिता, संवाद र सहयोगमा आधारित सहकार्यमूलक वातावरण बनाउँदै शान्ति सुरक्षा, अमनचयन कायम गर्न सहयोेग पुग्ने जनाएको छ ।

