झापाका पाँच वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी मनोनयन कार्य सुरु भएको छ । झापाको क्षेत्र नं. ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बरिष्ठ नेता बालेन्द्र शाहले उम्मेदवारी दिनुभएको छ ।
एक चुनावी र्यालीसहित मतदान अधिकृतको कार्यालय दमक ८ मा गएर १२ बजे उहाँले उम्मेद्वारी मनोनयन गर्नुभएको हो । यसैगरी, नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आज यहिबाट उम्मेदवारी दर्ता गर्ने तयारी रहेको छ । निर्वाचन अधिकृतको कार्यालयले उम्मेद्वारहरुलाई समय तोकेर त्यसै अनुसार उम्मेदवारी दर्ताका लागि तालिका मिलाएको जनाइएको छ।
यसैगरी निवर्तमान उपसभामुख इन्दिरा राना मगरले झापा निर्वाचन क्षेत्र नम्बर २ बाट आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निवर्तमान उम्मेदवारी दर्ता गराउनु भएको छ । अर्जुनधारा नगरपालिकामा अवस्थित निर्वाचन कार्यालय नम्बर २ मा पुगेर उहाँले उम्मेदवारी दर्ता गराउनु भएको हो । यहि निर्वाचन क्षेत्रबाट निवर्तमान सभामुख देवराज घिमिरेले उम्मेदवारी दिने तयारी रहेको छ।

