‘परिवर्तनकारी शक्तिबीच ऐक्यबद्धताको खाँचो’

मुख्य समाचार राजनीति

काठमाडौँ, १३ माघः नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तनकारी शक्तिहरूबीच ऐक्यबद्धताको खाँचो औँल्याउनुभएको छ ।

पार्टी मुख्यालय पेरिसडाँडामा आज विभिन्न पार्टीसँगको एकता कार्यक्रममा उहाँले राष्ट्रवादी र कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउन चाहने शक्ति एक हुनुपर्ने बताउनुभयो ।

“एक्लाएक्लै हिँडेर कम्युनिष्ट आन्दोलनलाई अघि बढाउन सकिँदैन”, पूर्वसहकर्मीलाई एकतामा आउन अपिल गर्दै संयोजक दाहालले भन्नुभयो, “समृद्धिको जनचाहना पूरा गर्न पनि परिवर्तनकारी शक्ति एकताबद्ध हुनुको विकल्प छैन ।”

कार्यक्रममा मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी (एकता पक्षधर समूह) र चुरे भावर पार्टी नेकपामा समाहित भएको घोषणा गरिएको थियो । त्यसअवसरमा नेकपा (एमाले) को गण्डकी प्रदेश कमिटी सदस्य महोदत्त अधिकारी नेकपामा प्रवेश गर्नुभएको थियो