ह्वासङ नेपाली परिवारको चौथो अधिवेशन सम्पन्न: अध्यक्षमा गोविन्द अधिकारी निर्वाचित

कोरियाअपडेट

रवि पराजुली

सउल, दक्षिण कोरिया ।

दक्षिण कोरियाको ह्वासङ क्षेत्रमा क्रियाशील नेपालीहरूको साझा संस्था ह्वासङ नेपाली परिवारको चौथो अधिवेशन आज भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले गोविन्द अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ।

नयाँ कार्यसमिति चयन

संस्थाको गरिमा र उद्देश्यलाई अझ उचाइमा पुर्‍याउने लक्ष्यका साथ गठित नयाँ कार्यसमितिमा अनुभवी र ऊर्जावान् व्यक्तित्वहरू चुनिएका छन्। समितिको पदाधिकारीहरूको नामावली यस प्रकार छ:

• वरिष्ठ उपाध्यक्ष: हरि श्रेष्ठ

• उपाध्यक्षहरू: शोभा लामा, कमल जि.सी, लोकेन्द्र फौजा मगर, पदम रजान मगर

• महासचिव: जगत संसार

• सचिवहरू: अर्जुन साम्पाङ, मन्दिप भण्डारी

• कोषाध्यक्ष: हेमन्त के.सी.

• सह-कोषाध्यक्ष: शर्मिला थापा मगर

यस्तै, सदस्यहरूमा विकेन नेम्वाङ, कल्पना पुन मगर, टिकामान किङरिङ, पूर्ण नेम्वाङ, युवराज खनाल, वसन्त दलामुखी, रतन साउद, नारायण घिमिरे, प्रमोद काम्मु मगर, कमल भुजेल, विनोद बि.क., युवराज नेपाल, दावा लामा ह्योल्मो, मनोज बुढाथोकी, सन्तोष भट्टराई, प्रकाश राई ‘अन्ते’, पूर्ण तामाङ र कमल गिरी निर्वाचित हुनुभएको छ।