‘मधेसले जनविद्रोहबाटै पहिचान र अधिकार पाउने हो’

मुख्य समाचार राजनीति समाचार

राजविराज (सप्तरी), २३ माघ : जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मधेस जनविद्रोहबाटै विभेद्मा पारिएका जाति तथा समुदायको पहिचान, अधिकार, स्वाभिमान, सम्मान र प्रतिनिधित्व स्थापित भएको बताउनुभएको छ ।

सप्तरीको विष्णुपुर गाउँपालिका–७ स्थित इटहरीमा आज आयोजित चुनावी छलफल तथा भेंटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले ‘कठोर सङ्घर्ष गरेरै अधिकार र अवसर दिलाउने पार्टी जसपा नेपाल भएको दावी गर्नुभयो । मधेस जनविद्रोहबाटै महिला, दलित, आदिवासी, जनजाति, थारु, मुस्लिमलगायत पछाडि पारिएका समुदायको आरक्षण र प्रतिनिधित्व सुनिश्चित भएको बताउँदै उहाँले अबको लडाई अधिकार र विकासका लागि हुने बताउनुभयो ।

सप्तरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका जसपा अध्यक्ष यादवले शोषित उत्पीडित जनताको अधिकार प्राप्तिका आन्दोलनलाई थप सशक्त बनाउनुपर्नेमा जोड दिनुभयो ।