ज्योति फिल्म्स म्युजिक अवार्ड २०८२ बितरण

मनोरन्जन
काठमाडौं २६ माघ । हाम्रो अभियान, कलार्कीलाई सम्मान भन्ने मूल नाराका साथ सम्पन्न हुँदै आएको रोयल मुभिजको प्रस्तुतिमा ज्योति फिल्म्स म्युजिक अवार्ड २०८२ सातौं संस्करण एक बिशेष कार्यक्रम बीच काठमाडौमा सम्पन्न भएको । अवार्डमा राष्ट्रिय भाव, पप, आधुनिक, लोकदोहोरी, लोकआधुनिक, चाड पर्व विशेष, भाषाभाषीका गीत एवं संस्कृति झल्कने गीतहरुलाई समावेश गरिएको थियो । अवार्ड कार्यक्रममा स्थापित र नवप्रतिभा दुवैलाई समेटेर सम्मान तथा अवार्ड प्रदान गरिएको आयोजक रोयल मुभिज प्रालिका अध्यक्ष निरेन श्रेष्ठले जानकारी गराउनु भयो । गीत र कलाकारको प्रोत्साहनका लागि यो अवार्ड कार्यक्रमको आयोजना गरिदै आएको उहााको भनाई थियो ।
बरिष्ठ गायक कुमार बस्नेतको प्रमुख आतिथ्यता, बरिष्ठ नृत्य निर्देशक भाईराम श्रेष्ठ, म्युजिक भिडियो निर्देशक समाजकी निवर्तमान अध्यक्ष बबिता श्रेष्ठ, नमोबुद्ध नगरपालिकाका प्रमुख कुन्साङ लामा, तारकेश्वर नगरपालिका उपप्रमुख सिर्जना बुर्लाकोटी, बेथानचोक ५, वडा अध्यक्ष राजकुमार वाइबा, अग्रज गायिका मिरा राणा, वरिष्ठ संगीतकार राजु सिंह, वरिष्ठ गायक लाक्पा शेर्पा, वरिष्ठ गायिका चन्द्रकला शाह र गायक घमेश दुलाल, गायक यसकुमार, गायिका सिता थापाको आतिथ्यतामा सम्पन्न कार्यक्रमा पञ्चैबाजा बजाएर कार्यक्रमको उद्घाटन गरिको थियो ।
कार्यक्रममा बिभिन्न ३९ विधामा सम्मान तथा अवार्ड वितरण गरिएको थियो भने लाइफटाइ एचिभमेन्ट अवार्ड वरिष्ठ गायक रेशम थापालाई नगद धनराशी रु. २२,२२२ सहित सम्मान गरिएको थियो । पत्रकार सम्मान ऋषि थपलियालाई र अन्य कला सम्मान दिवाकर भण्डारी, विष्णु तामाङ, गंगा सोनाम, राजेश थापा, नारायण दंगाल, सञ्जिव ठकुरी, अशिम कुमार कटुवाल प्रदान गरिएको थियो ।
जुरी सम्मानबाट गायक रत्नदिप चौधरी, मोडेल सञ्चिता शाही र सावित्री के.सी सम्मानित भएका थिए । साथै समाजसेवी र ब्यावसायीहरुलाई पनि कार्यक्रममा सम्मान्ति भएका थिए । कार्यक्रममा लोक दोहोरी तर्फ सर्वोत्कृष्ट हुनेहरुमा गायक निरम कुमार शाही — ‘उखुमै बनायो’, गायीका बिन्दा परियार — ‘ओ वेबि नो वेबि’, लय सुमन विश्वकर्मा— ‘मुटु खाइरयो’, नव गायिका सबिना बुढामगर— ‘रातो फुल’, मोडेल महिला कोमल नेपाली — ‘स्याउली बजारमा…’, मोडेल पुरुष कुमार सुनेल — ‘चोली तुनामा’, नव मोडेल महिला –अभिनय सानु बिसी — ‘आमा रुन्छिन’, नव मोडेल महिला (डान्स) निरा तामांग — ‘ओम नम शिवाय’, नव मोडेल पुरुष दानु रुम्बा — ‘खोटांग झाक्री बास’ रहेको छ । सर्वोत्कृष्ट पुर्वेली गीत भिडियो मोडेल पुरुष मुकेश गुरुंग — ‘खाट्टि कुरा’, सर्वोत्कृष्ट आधुनिक गीत भिडियो नव मोडेल पुरुष सन्तोष संगम अधिकारी — ‘बयान’ रहेको छ ।
आधुनिक तर्फ सर्वोत्कृष्ट हुनेहरुमाः गायक कृष्ण के .सी — ‘भिरको बाटो’, गायीका स्मिता प्रधान — ‘मैले तिम्रो माया’, भिम कुमार ओझा — ‘अनिधो रात’, संगीतकार रोसन सिंह — ‘मायाले गरिबी’, मोडेल पुरुष बिक्रम बुढाथोकी — ‘तिम्रो मन बदलियो’, मोडेल महिला मल्किा राजोपाध्यया —‘कल्ले भन्यो कल्ले भन्यो’ रहेको छ ।
त्यसै गरी सर्वोत्कृष्ट काठे भाका गायक मन कुमार घायल — ‘सपनाको घर’, गायिका अर्चना स्यांतांन — ‘अल्लारे’ रहेको छ ।
अन्य बिभिन्न बिद्यामा सर्वोत्कृष्ट हुनेहरुमाः छायांकार म्युजिक एरेन्जर केशब बडु— ‘१,२,३,४ सुइकार मेरो नमस्कार’, टेलिचलचित्र कलाकार रश्मि पाण्डे — ‘सकिगोनी’ नव प्रतिभा नव थापा — ‘मेरो दुःख मेरो पिडा’, मेन्दोमाया नव गायक धनराज वाइबा — गंकी पोखरी, पुर्वेली गीत गायिका सलिना पाख्रीन — ‘खोटांग झाक्री बास’, मौलिक गायिका कौरा कुसु गुरुंग — ‘सान्नानी’, काठे गीत भिडियो मोडल पुरुष राजन पुरी — ‘दोलालघाटको पुल तरेर’, राष्ट्रिय भाव गीत सत्यराज चौलागाई—‘मेरो देश मेरो नेपाल’, चार्डपर्व गायिका दुर्गा नेपाल — ‘रेरेरे’, चार्डपर्व गीत गोकुल ढकाल — ‘रातो भाले दर्शैंलाई, दशक गायक हरि सुनार — ‘जान्छौ र लाहुरेको साथैमा’ पपुलर गायक विशाल सोनि — ‘स्याउली बजारमा’, वर्षकै सर्वोत्कृष्ट भिडियो मोडेल पुरुष सागर लम्साल (बले) — ‘पोखरा पृथ्वी चोकैमा’, भिडियो मोडेल महिला (जुरी) प्रमिता राजघतानी — ‘बाजी कस्ले मार्ला’ काठे गीत गायक (जुरी) गंगाराम घिमिरे— ‘सिताराम’, नव गायिका (जुरी) कृष्ण माया भण्डारी — ‘भिरमा खरी छ’, काठे नव गायिका प्रोहत्सान अवार्ड रन्जना सुन्दास —‘पछ्यौरीको छेउ’, लोक दोहोरी गायक (जुरी) असोक तामांग ‘मेरो माया युरोप जर्मनको’ रहेको छ ।