काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र सञ्चार तथा सुचना प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाबीचको सम्बन्ध कस्तो होला रु सबैले सहजै अनुमान गर्न सकिन्छ ।
मन्त्री बाँस्कोटा प्रधानमन्त्री ओलीको नीजि निवासमा बस्न पाउनुले पनि प्रधानमन्त्री–बाँस्कोटाबीचको सम्बन्ध प्रष्ट्याउँछ । अर्थात् प्रधानमन्त्री ओली र मन्त्री बाँस्कोटाबीच समुधुर सम्बन्ध छ । अर्थात् प्रधानमन्त्रीको विश्वासिलो पात्र हुन्, मन्त्री बाँस्कोटा ।
ओली–बाँस्कोटाबीच समुधुर सम्बन्ध छ भन्ने कुरा आँकलन मात्रै होइन, यथार्थ नै हो । यो व्यवहार मन्त्रिपरिषद् बैठकमै पनि देखिन्छ ।
मन्त्रिपरिषद् मन्त्रालयबाट आएका प्रस्तावबारे पालैपालो ब्रिफिङ हुन्छ । क्रमशः निर्णय हुन्छ । कसैले प्रस्ताव ल्याएन भने प्रधानमन्त्रीले चासो दिँदैनन् । तर, सञ्चार मन्त्रालयबाट कुनै प्रस्ताव देखिएन भने प्रधानमन्त्रीले सोध्छन्, ‘गोकुल केही प्रस्ताव छ कि रु’ मन्त्रिपरिषद् बैठकमा समेत सबैभन्दा बढी माया पाउने मन्त्री गोकुल नै हुन् ।
काभ्रेपोष्ट अनलाइनबाट
