लोकतन्त्रको दुर्बल पक्ष भनेकै ‘दण्डहीनता’

समाचार

काठमाडौं, ८ मंसिर । कर्णाली प्रदेशका पत्रकार सञ्चारकर्मीले ‘दण्डहीनता’ लोकतन्त्रको दुर्वल पक्ष भएको बताएका छन् । विश्व अन्तर्राष्ट्रिय दण्डहीनताविरुद्धको दिवसका अवसरमा नेपाल पत्रकार कर्णाली तथा जिल्ला महासङ्घले आयोजना गरेको प्रेस स्वतन्त्रता ¥याली एवं कोणसभाका वक्ताले ‘दण्डहीनता’ ले प्रेस स्वतन्त्रता खोसिएको औँल्याए ।

नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य कलेन्द्र सेजुवालले प्रेसजगत्लाई राज्यले उचित संरक्षण नदिँदा पत्रकार बेलाबेलामा समस्यामा पर्ने गरेको बताउनुभयो । महासङ्घ कर्णाली प्रदेशका अध्यक्ष दुर्गा थापाले ‘दण्डहीनता’ले समाजमा आपराधिक घटना बढ्न थालेको बताउनुभयो । “पे्रसजगत्मा मात्र नभएर समाजमा ‘दण्डहीनता’विरुद्ध राज्य स्वयं जिम्मेवार हुनुपर्दछ,” अध्यक्ष थापाले भन्नुभयो, “अन्यथा लोकतन्त्रको मूल्य र मान्यता खतरामा पर्छ, जसको असर नागरिकमाथि पर्छ ।”

रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमलाले समाचार लेखेकै कारण धेरै पत्रकार–सञ्चारकर्मी चौतर्फी आक्रमणमा पर्ने गरेको प्रतिक्रिया दिनुभयो । राज्यबाट सबै पत्रकार सञ्चारकर्मीसहितको सुरक्षा हुनुपर्नेमा जोड दिँदै पत्रकार धमलाले भन्नुभयो, “पत्रकारहरु व्यावसायिक र एकीकृत भएर अघि बढ्न आवश्यक छ ।”