पोषणका लागि कृषि तथा खाद्य प्रणाली सम्बन्धी ग्लोबल प्यानल र राष्ट्रिय योजना आयोगको संयूक्त आयोजनामा मंसिर २३, २०७६मा स्वस्थ्य आहार प्रदान गर्न, भोकमरी अन्त्य गर्न र कुपोषण तथा नेपालमा जलवायु परिवर्तनका चुनौतीहरू सम्बोधन गर्नका लागि विद्यमान खाद्य प्रणालीलाई समयानुकुल परिमार्जन गर्ने आवश्यकताबारे एक अन्तरकृया छलफल भयो । उक्तअन्तरकृयाको अध्यक्षता राष्ट्रिय योजना आयोगका माननीय सदस्य डा दिलबहादुर गुरुङ तथा ग्लोवल प्यानलका सदस्य प्रा. श्रीनाथ रेड्डी को सहअध्यक्षतामा भएको थियो ।
यस वैठक अघि मंसिर २२, २०७६मा प्रदेश सरकारका प्रतिनिधिहरुसँग खाद्य प्रणाली सम्बन्धी छलफल संचालन गरिएको थियो । २३ गतेको अन्तरकृया कार्यक्रममा संघ तथा प्रादेशिक सरकारका प्रतिनिधि, संयुक्त राष्ट्रसंंघ, नीजि क्षेत्र तथा नागरिक समाजलगायतका विकास साझेदारका प्रतिनिधिहरुले समेत विचार व्यक्त गर्नु भएको थियो ।
राष्ट्रिय योजना आयोगका माननीय सदस्य डा. दिलबहादुर गुरुङले “बहु क्षेत्रीयपोषण योजनाले सबै खालका कुपोषण न्युनीकरण गर्ने लक्ष्यलिएको छ जसले गर्दा कुपोषणका कारण मानवपुँजिको विकास र समग्र सामाजिक आर्थिक विकासमा बाधा पर्ने समस्या समाधान हुनेछ ।”भन्ने विचार व्यक्त गर्नु भएको थियो ।
पोषणका लागि कृषि तथा खाद्य प्रणाली सम्बन्धी ग्लोबल प्यानलका सदस्यप्रा. श्रीनाथ रेड्डीले नेपाल सरकारलाई यस्तो महत्वपुर्ण विषयमा छलफल आयोजना गरेकोमा धन्यवाद दिदै छलफलले स्वस्थ्य खाद्य वस्तुको उपलब्धता मार्फत खाद्य प्रणालीमा नँयाआयाम थपी बहु क्षेत्रीय पोषण योजनाका उद्देश्यहरु पुरा गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भयो ।
यस अन्तरकृयाको उपलब्धी स्वरुप राष्ट्रिय योजनाआयोग र ग्लोबल प्यानलले संयुक्त रुपमा नेपालमा स्वस्थ आहार प्रत्याभूत गर्न उपयुक्त खाद्य प्रणालीहरुको व्यवस्थापन विषयक आसयपत्र जारी गरेको छ ।
छलफलमा आएका बुंदाहरु :
– संघियताले पोषण तथा खाद्य सुरक्षासँग सम्बन्धित विभिन्न नीतिहरुलाई एकतृत गरी कार्यान्वयनमा सहयोग गरेको छ (उदाहरणका लागि बहु क्षेत्रीय पोषण योजना, खाद्य संप्रभुता) ।
ड्ड प्रदेशतथा स्थानीय तहमा क्षमताको कमीका कारण चुनौतीहरु छन्, पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको क्षमता विकास गरी तिनलाई सबल बनाउन आवश्यक छ ।
– गरिबी समस्याको मुलकारक हो । गरिबका लागि स्वस्थ खाना सुपथ मुल्यमा पहुँचमा हुन आवश्यक छ । आदिवासि जनजातिको जल, जंगल र जमिनमा पहुँचको अधिकार सुनिश्चित गरिनु पर्दछ ।
– अझै पनि असल खानपानसँग सम्बन्धित ज्ञानको कमी छ । यससँग सम्बन्धित उचित सुचना संप्रेषण तथा जनचेतना अभिवृद्धि गर्न आवश्यक छ ।
ड्ड स्थानीय रैथाने खानेकुराको प्रवद्र्धन गर्न आवश्यक छ । तर त्यस्ताखानेकुराको उत्पादनमातुलनात्मक रुपमा धेरै समय लाग्ने हुन्छ । विशेष गरीजब महिलाहरुको कार्य बोझथपिन जान्छ तब कृषितथाखाद्य प्रणालीको सुसञ्चालनमानकारात्मक असर पर्छ ।
प्रादेशिक बैठकमा छलफल गरिएकाविषयहरुः
– सबै प्रकारका कुपोषण न्युनिकरण गर्दै भोकमरीको् अन्त्यगर्नेबारे दिगो विकास लक्ष्यप्राप्तिका लागि बहु क्षेत्रीयपोषण योजनाको प्रभावकारी कार्य सञ्चालन गर्न आवश्यक छ ।
पहुँच अस्वस्थकर प्रशोधित खानेकुराहरुको बढ्दो उपभोगलाई कम गर्न पोषण सचेतनाका कार्यक्रमहरु सञ्चालन गर्न आवश्यक छ ।
– पोषणयुक्त खाद्य वस्तुमा पहुँच बृद्धिका लागि सडक सञ्जाल तथा यातायातको भूमिका छ ।
– दूध, मासु तथा फलफुलको उपभोग मार्फत आहारमा पोषक तत्वमा सुधार गर्ने अवसर छन् तर त्यसकालागि भण्डारण तथा वितरण प्रणालीलाई सुधार गर्न आवश्यक छ । मासुजन्य खानेकुराको स्वच्छता पनि यस क्षेत्रको अर्को चुनौती हो ।
– भण्डारण प्रणालीमा सुधार गरीखाद्य वस्तुमा हुन सक्ने विषक्ततालाई कमगर्न सकिन्छ ।
– खाद्य स्वच्छतासम्बन्धी कार्य गर्ने सरकारी निकायलाई आवश्यक सहयोग तथा श्रोत उपलब्ध गराउनु आवश्यक छ ।
– भू-उपयोगमासुधार गर्न आवश्यक छ, सिचाँईको अभावमा धेरै जमिन बाझो छ । खेति योग्यजमिन घडेरीमा परिणात भईरहेको छ ।
– प्रादेशिक बस्तुस्थिति बारे जानकारीका लागि प्रदेश अनुसारका खण्डीकृत तथ्यांकहरु आवश्यक पर्दछ ।
पृष्ठभुमि
नेपाल सरकार, गैरसरकारी संस्थाहरु तथा विकास साझेदारहरुबाट विगत २० बर्षदेखिको प्रयासबाट नेपालमा ५ बर्ष मुनीका बालबालिकाहरुमा भएको पुड्कोपनाको समस्यालाई करिब २१ प्रतिशतले कम गर्न सफल भएको छ । तथापि अझै पनि ५ बर्ष मुनीका ३६ प्रतिशत बालबालिकाहरु पुड्कोपनाबाट ग्रसित छन् ।
अर्कोतिर अधिक तौल, मोटोपना तथा खानपानसँग सम्बन्धित नसर्ने रोगको दर पनि बढ्दो क्रममा छ । सन् २००० को तुलनामा हालसम्म पुरुष तथा महिलाहरुमा मोटोपना २ देखि ३ प्रतिशतले बढेको छ । मुलुकको रोगसँग सम्बन्धित समग्र समस्याको करिब ४० प्रतिशत हिस्सा नसर्ने रोगले ओगटेको छ भने करिब १२ प्रतिशत वयस्कहरु मधुमेहको शिकार भइरहेका छन् जसको प्रमुख कारण अस्वस्थकर खानपान नै हो ।
मुलुकको केही जनसंख्यामा क्यालोरी तथा शुक्ष्मपोषक तत्वको कमी, केहीमा अधिक तौल तथा मोटोपना र केहीमा खानासँग सम्बन्धित नसर्ने रोगहरुको महामारी गरी नेपाल कुपोषणको तीन प्रकारको समस्याबाट ग्रसित छ ।
नेपाल सरकारले माथि उल्लेखित समस्यालाई पहिचान गरि यसको समाधानका लागि बहु क्षेत्रीयपोषण योजना(पहिलो तथा दोश्रो) लाई राष्ट्रिय प्राथमिकतामा राखेको छ । बहु क्षेत्रीय पोषण योजना सरकारले कुपोषणको समस्या समाधान गर्दै दिगो विकास लक्ष्य प्राप्तिका लागि गरेको प्रतिबद्धता र लिएको लक्ष्यको राम्रो दृष्टान्त हो । कृषि, स्वास्थ्य, खानेपानी, सरसफाई, स्थानीय विकास जस्ता सरकारी तथा गैरसरकारी सरोकारवाला निकायबीचको प्रभावकारी बहु क्षेत्रीय समन्वय तथा सहकार्य विना कुपोषण न्युनीकरण सम्भवछैन भन्ने कुरा महसुश गरी बहुपक्षिय सहभागिता गराउनु बहु क्षेत्रीयपोषण योजनाको सबल पक्ष हो ।
कुपोषण न्युनीकरणका लागि बहु क्षेत्रीय समन्वयतथा सहभागिताको अवधारणालाई मुर्त रुप दिन नेपालमा स्वस्थ खानाको उपलब्धता तथा उपभोग बृद्धि सुनिश्चित गर्ने दिगो तथा प्रभावकारी खाद्य प्रणालिको विकास हुन आवश्यक हुन्छ । खाद्य प्रणालीले कृषि उत्पादनको अतिरिक्त खाद्य भण्डारण, आपुर्ति, प्रशोधन, खाद्य स्वच्छताका साथै उपभोक्ताको खाद्य छनौटलाई समेत समेट्दछ ।
