अबिरल आलोक, काठमाडौं
अफ्रिकाको केन्यामा सम्पन्न सातौं मोबोसा ओपन तोङ्ग ईल मो–दो इन्टरनेश्नल च्याम्पियनसिपमा( Mombasa open Tong Il Moo- Do International Martial Arts championship -2019) सहभागी तोङ्ग ईल मो–दो संघ नेपालका खेलाडिले स्वर्ण पदक जितेका छन् ।
World Tong Il moo do federation -africa तथा kenya Tong Il Moo Do federation को आयोजनामा भएको खेलमा नेपालले १ स्वर्ण ,४ रजत र २ कास्य पदक जित्न सफल भएको छ। डिसेम्बर ७ र ८ भएको अन्तर्राष्ट्रिय प्रतियोगिता नम बिष्टले(कैलाली ) १ स्वर्ण (फाईटमा) १ रजत (कातामा), प्रकाश श्रेष्ठले (झापा) १ रजत (काता), जय बहादुर तामाङ ले(गोरखा ) १ रजत (फाईट) १ रजत (सामुहिक काता)१ कास्य (एकल काता) र मंगल शाहीले(सुर्खेत ) १ कास्य (फाईट) पदक नेपालकालागि जित्न सफल भएको हो।
नेपाल बाट संघका केन्द्रिय उपाध्यक्ष प्रकाश श्रेष्ठको नेतृत्वमा ६ सदस्य टोलि दक्षिण अफ्रिकी देश केन्याको दोस्रो ठुलो शहर मम्बोसामा भएको ७ औं मोम्बसा खुल्ला तोङ्ग ईल मो-दो अन्तर्राष्ट्रिय मार्सल आर्ट्स प्रतियोगितामा सहभागिता जनाएकोथियो। जस्मा केन्द्रियसदस्य तथा कोच दिपक बास्तोला(कोरिया बाट ) ,खेलाडीहरुमा नम बिष्ट (कैलाली ), मङ्गल शाही (सुर्खेत ), जय बहादुर तामाङ (गोरखा ) र सन्जिप कुमार चौधरी (महोत्तरी ) रहेका छ्न।
बिश्वको २५ देशले सहभागिता जनाएको उक्त प्रतियोगिताको समापनमा केन्याको खेलकुद मन्त्री ,विश्व तोङ्ग ईल मो-दो संघका संस्थापक डा. जोन हु सुक ,संघका अन्तर्राष्ट्रिय उपाध्यक्ष मास्टर ताका मिस्टु हुसिको लगायतका ब्याक्तित्वहरुले सबै बिजेता खेलाडी हरुलाई बदाई तथा शुभकामना दिनुभएको थियोे ।