काठमाडौं, २ पुस । नेपाल भ्रमण वर्ष २०२० लाई सघाउ पुर्याउने लक्ष्यसहित विश्वचर्चित एक्सेलट्रिप ग्लोबलले नेपालमा आफ्नो सेवा विस्तार गरेको छ । नेपालको पर्यटकीय सेवा, उद्यमलाई प्रवद्र्धन र सशक्तिकरण गर्ने उद्देश्यका साथ कम्पनीले आजदेखि नेपालमा सेवा शुरु गरेको हो ।
पन्ध्र लाख होटल र ४०० वायुसेवा कम्पनीका सञ्जालमार्फत एक्सेलट्रिप संसारकै तीव्र रफ्तारमा फैलँदो एक अनलाइन ट्राभल प्लाटफर्म हो । संसारभरका लाखौँ यात्रारत वा यात्राकाङ्क्षी मानिससम्म पहुँचको सामथ्र्य बनाएको एक्सेलट्रिपले १४ मुलुकमा सञ्जाल रहेको जनाएको छ । भ्रमर्ण वर्षका दौरानमा बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउन सहयोग गर्ने हेतुले एक्सेलट्रिपले नेपाल पर्यटन बोर्डसँग साझेदारीसमेत गरेको छ ।
एक्सेलट्रिप नेपालको मुख्य उद्देश्य संसारभरका पर्यटकलाई नेपालप्रति आकर्षित गर्दै पर्यटन वर्षमार्फत २० लाख पर्यटक भित्र्याउने लक्ष्यलाई सार्थक बनाउने प्रमुख कार्यकारी अधिकृत ९सिइओ० ज्ञानेन्द्र खड्काले बताउनुभयो ।
एक्सेलट्रिप स्वदेशी एवम् विदेशी व्यावसायिक, इन्जिनीयर कार्यरत नेपालमै विकसित अनलाइन होटल तथा एअरलाइन्स बुकिङ इन्जिन हो । जसले उच्चतम प्रविधि तथा बजार कौशलद्वारा आफूलाई आन्तरिक तथा अन्तर्राष्ट्रिय यात्रीसँग आबद्ध गर्दछ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
एक्सेलट्रिपले शून्य प्रतिशत कमिशन लिने हुँदा केही अन्तर्राष्ट्रिय एजेन्ट ९जस्तै बुकिङ् डट कम, अगोडा, एक्सपेडिया आदि० को उच्च मुनाफाको अधिपत्य तोड्दै होटललाई नै अधिकतम प्रतिफल प्रदान गर्ने कन्ट्री डाइरेक्टर आदित्य बरालले जानकारी दिनुभयो ।
नेपालीले स्थानीय बैंकद्वारा जारी भीसा र मास्टरकार्ड तथा इसेवामार्फत अन्तर्राष्ट्रिय होटल तथा उडान बुक गर्दै झन्झटरहित वैदेशिक यात्रा गर्न सक्नेछन । सरल र सहज भुक्तानीका लागि एक्सेलट्रिपले इसेवासँग साझेदारी गरेको छ । होटलहरूसँगको भुक्तानी निम्ति हिमालयन र कुमारी बैंकलाई आफ्नो साझेदार बनाएको कम्पनीले उल्लेख गरेको छ । एक्सेलट्रिपको भुक्तानीका माध्यम विदेशी र नेपालका बैंकहरूबाट जारी भिसा, मास्टरकार्ड, युनियन पेसँगसँगै इसेवाको डिजिटल वालेट हुनेछन् ।
