युनिटी ट्रेडिङ्गप्रा. लि., बेनेली मोटरसाईसाइकलको लागि ललितपुर जिल्लाको अधिकृत बिक्रेता हो उक्त प्रा.लि. ले ललितपरुको ग्वार्कोमा दोस्रोे बेनेली शोरूमको उद्घघाटन गरेको छ । बेनेली इटालियन मोटरसाइकल ब्रान्ड हो र १९११ देखीनै मोटरसाइकल पारखी बिच एक बैग्लै पहिचान बनाएको छ । बेनेली मोटरसाइकलहरू सबै सवारको आवश्यकताहरू पूरा गर्न र अन्तिम सवारी अनुभव र आराम सुनिश्चित गर्न का लागि सिर्जना गरिएको हो जस्लाई , सब भन्दा बडी माग पनि गरिएको छ र नेपालको युवा वर्गमा लोकप्रिय बनेको छ ।
ग्वार्कोमा स्थापना भएको नयाँ शोरुम र वर्कशप सुविधा सम्पन्न एवम् अन्तराष्ट्रिय स्तरको बाइकको छ । युनिटी ट्रेडिंगले शोरूममा पाँच नयाँ मोडेल पनि प्रस्तुत गर्दैछ जस्ले प्रतिस्पर्धी मूल्य सुनिश्चित गर्ने र नेपाली राईडरहरुलाई फाइदा र्पुयाउँनेछ । कम्पनिको अनुसार निम्न सबै मोडेलहरू दुई वर्ष ईन्जिन वारेण्टीको रहेको छ ।
- TNT15(150CC) at Rs230000
- TNT150i(150cc) at Rs315000
- BN251(250cc) at Rs520000
- 4.LEONCINO 250 at Rs.630000
- TRK251 at Rs.630000
बेनेली मोटरसाईकल नेपालका महाप्रबन्धक श्री राजन जोशीेको अनुसार यी माथि उल्लिखित मोडेलहरू शक्तिशाली ईन्जिन र अधिकतम प्रदर्शनको उत्कृष्ट संयोजन हो जसले स्वामित्वको किफायती लागतको साथ प्रीमियम इटालेली अनुभव प्रदान गर्दछ ।
बेनेली शोरुमको प्रक्षेपणसँगै विश्व(स्तरीय सवारी मेशिनहरूका विभिन्न मोडलहरू प्रदर्शन गर्दै बेनेली नेपाल उत्साहित बाइक उत्साहीहरुको माग पूरा गर्न उत्साहित छ ।
