तीन कलाकारलाई साम्दे शेर्पा स्मृति पुरस्कार

समाचार

काठमाडौं, ९ फागुन । हास्य कलाकार साम्दे शेर्पाका स्मृतिमा स्थापित पुस्कार तीन कलाकारलाई दिइने भएको छ । साम्दे शेर्पा राष्ट्रिय पुरस्कार हास्य कलाकार ध्रुवरत्न हाडा, साम्दे शेर्पा नवप्रतिभा पुरस्कार हास्य कलाकार दीपाश्री निरौला र साम्दे शेर्पा स्मृति पुरस्कार कलाकार आङफुर्वा ९एपी० शेर्पालाई प्रदान गर्न लागिएको हिमालयन शेर्पा सांस्कृतिक केन्द्रका अध्यक्ष छिरिङ शेर्पाले जानकारी दिनुभयो ।

हास्यव्यँग्य क्षेत्रमा चर्चित कलाकार शेर्पाका स्मृतिमा केन्द्रले पुरस्कार वितरण गर्दै आएको छ । केन्द्रले आज आयोजना गरेको पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक आङ्डोमा शेर्पाले ग्याल्पो ल्होसारका पूर्वसन्ध्यामा फागुन ११ गते तीनै कलाकारलाई पुरस्कार दिन लागिएको जानकारी दिनुभयो । ल्होसारका अवसरमा केन्द्रले फागुन १० गते साम्दे शेर्पा स्मृति वक्तृत्वकला प्रतियोगिता र शेर्पाको मौलिक संस्कृति एवं पहिचान झल्कने कार्यक्रमसमेत गर्ने भएको छ । कार्यक्रम चुच्चेपाटीस्थित हायात चौरमा गरिनेछ ।

शेर्पा युवा पुस्ता सांस्कृतिक ज्ञानबाट पछि परेकाले विविध सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागिएको केन्द्रले जनाएको छ । केन्द्रले विसं २०४९ देखि नै यस्ता कार्यक्रम आयोजना गर्दै आएको जनाइएको छ ।