काठमाडौं : दि रिभर ओभरसिज प्रा.लि. माघमा सबैभन्दा बढी कामदार पठाउने म्यानपावर कम्पनीको सूचीमा पर्न सफल भएको छ । पुसमा सबैभन्दा बढी कामदार पठाउन सफल भएको दि रिभर माघमा पनि अग्रपंक्तिमा दरिएको हो । दि रिभरले माघमा ५ सय २० कामदार विदेश पठाएको छ । पुसमा ५ सय ९३ जना दि रिभरमार्फत विदेशिएका थिए ।
एसओएस म्यानपावर सर्भिसेज प्रा.लि.ले दि रिभरपछिको धेरै कामदार पठाउने म्यानपावर हो । माघमा ३ सय ६८ जना यो म्यानपावरमार्फत विदेशिएको छन् । ३ सय ३० जना कामदार पठाएको प्याराडाइज इन्टरनेशनल प्रा.लि. सूचीको तेस्रो स्थानमा छ । ३ सय ८ कामदार पठाएको साउण्डलाइन्स रिक्रुट्मेन्ट प्रा.लि. सूचीको चौथो नंम्बरमा छ । कोशी इन्टरनेशनल सर्भिसेज प्रा.लि. कामदार पठाउने म्यानपावरहरूको प्रतिस्पर्धामा पाँचौं नम्बरमा छ । वैदेशिक रोजगार विभागका अनुसार, कोशीमार्फत माघमा २ सय ८१ कामदार विदेश उडेका छन् ।
२ सय ७६ जना पठाएको अल आसमाक्स कम्पनी प्रा.लि. सूचीको छैठौं र २ सय ६२ कामदार पठाएको इन्टरनेशनल म्यानपावर रिक्रुटमेन्ट प्रा.लि. सातौं स्थानमा छ । २ सय ४७ जना कामदार पठाएको बज्र ह्युमन रिसोर्सेज प्रा.लि. आठौं, २ सय ४३ जना कामदार पठाएको दुवई ओभरसिज इन्टरनेशनल प्रा.लि. नवौं र २ सय ४१ जना कामदार पठाएको अक्सफोर्ड इन्टरनेशनल प्रालि. सूचीका दशौं नंम्वरमा समेटिएका छन् ।
विभागमा दर्ता भएका ८ सय ५४ म्यानपावर कम्पनीमध्ये माघमा ७ सय ५४ म्यानपावर कम्पनीले मात्र कामदार पठाएका छन् । त्यसअघि पुस महिनामा ७ सय ६८ वटा म्यानपावर कम्पनीले कामदार पठाएका थिए । माघमा दश जनाभन्दा कम कामदार पठाउने म्यानपावर कम्पनीको संख्या ३ सय दुई रहेको छ । माघमा सय जना भन्दा बढी कामदार पठाउने म्यानपावर कम्पनीको सख्या ५३ छन् ।