काठमाडौं : वैदेशिक रोजगार विभागको वैदेशिक रोजगार कार्यालय ताहाचलमा सहसचिव उत्तम बस्नेत नियुक्त भएका छन् ।
कार्यालयका तत्कालीन निमित्त प्रमुख देवेन्द्र कार्की श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा भई आएपछि रिक्त रहेको उक्त स्थानमा बस्नेत नियुक्त भएका हुन ।
विभागले बुधबार निवर्तमान महानिर्देशक डा. भुसालको बिदाइसँगै बस्नेतलाई स्वागत गरेको छ । बस्नेतले कार्यालयको कामलाई प्रभावकारी बनाउने प्रतिबद्धता जनाए । आफ्नो मन्तब्य राख्ने क्रममा बस्नेतले आफुले डा . भुलाललाई पछ्याउँदै आएको बताए । ‘डाक्टर साबले बीरगंज उपमहानगरपालिका छोड्नु भए पछि म वीरगज गएँ,’ बस्नेतले भने, उहाँ वीरगञ्जबाट वैदेशिक रोजगार विभाग आउनु भयो । उहाँले विभाग छोडेर जानु भएपछि म यता आएँ ।’
Facebook Comments Box