प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड र आर्सनल विजयी

खेलकुद

एजेन्सी
इङ्लिश प्रिमियर लिग अन्तरगत आइतबार भएको खेलमा म्यानचेस्टर युनाइटेड र आर्सनल आ-आफ्नो खेलमा विजयी भएका छन्। म्यानचेस्टर युनाइटेडले वाट्फोर्डलाई पराजित गरेको हो भने आर्सनलले एभर्टनलाई पराजित गरेको हो।
वाट्फोर्डलाई पराजित गर्ने क्रममा ब्रुनो फेर्नान्डेस, एन्थोनी मार्सल र म्यानसन ग्रिनवुडले क्रमशः खेलको ४२, ५८ र ७५ औं मिनेटमा गोल गरेका थिए।

यसैगरी खेलको पहिलो मिनेटमा नै गोल खाएर पछि परेको आर्सनलले त्यसपछि खेलको २७, ३३ र ४६ औं मिनेटमा गोल गर्दै नतिजा आफ्नो पक्षमा पारेको थियो। आर्सनलको जितमा पहिलो गोल एनकेटिआले गरे भने बाँकी दुई गोल पिएर एमरिकले गरेका हुन्। यसैगरी एभर्टनका लागि क्याल्भर्ट-लेविन र रिचार्लिसनले गोल गरे।

जितपछि २७ खेलबाट ४१ अंक जोडेको म्यानचेस्टर युनाइटेड लिगको पाँचौं स्थानमा उक्लेको छ भने आर्सनलले २७ खेलबाट ३७ अंक जोडेर लिगको नवौं स्थानमा उक्लेको छ। यसैगरी आइतबार राती भएको अर्को खेलमा वुल्भ्सले नर्विच सिटीलाई ३-० ले पराजित गरेको छ। जितपछि उल्भ्सले ३९ अंक जोडेर लिगको आठौं स्थानमा उक्लिएको छ।