के. पि.चौलागाई, दक्षिण कोरिया
अहिले चिनको वुहान सहर बाट फैलिएको COVID-19 virus बिस्तारै कोरियाको विभिन्न सहर हरुमा देखा परेको छ । मुख्य गरी थेगू सहर अलि बढी त्रसित छ । कोरियन सरकार ले यो नियंत्रण को लागी पुरै आफ्नो ध्यान केन्द्रीत गरेको पाईन्छ । कोरियन सरकार ले हरेक स्थानीय निकाय सम्म पनि यो नियंत्रण को लागी प्रयास गरेको पाईन्छ। केही समय कोरोनाको संक्रमण बढेको जस्तो देखीए पनि यो दर घट्ने क्रममा छ। यस बिसम परिस्थितिमा अब यसमा हाम्रो भुमिका के हो त भन्नेर मनन गर्नुपर्ने समय आएको छ।
कोरियामा विभिन्न भिषामा गरेर लगभग ४५ हजार जती नेपालिहरु बसोबास गर्छन। कोरियामा हुनुभएका अधिकांश सबै नेपालीहरू सामाजिक सञ्जाल वा ईन्टरनेटको पहुँचमा हुनुहुन्छ ।यहा दर्ता भएको प्रत्येक नंबर मा प्राय जसो समय समय मा सावधानी को सन्देश हरू पनि आउछन। यहाँ रहेको नेपाली दुताबास एंंव NRNA लगायत अन्य बिभिन्न नेपाली संघ संस्थाहरूले सयुंक्त रुपमा सकेको अपडेट तथा आफुले सकेको सहयोग गरिरहेेका छन्। तर कोरोनाको संक्रमणले भन्दापनि सामाजिक सञ्जालमा यो यति उती भनेर आफ्नो पर्सनल फेसबुक वा गुरूपमा कोरोनाको अपडेटलेे दक्षिण कोरिया आक्रान्त भएको छ। आफ्नो आइडिबाट पोष्ट गर्नु आफ्नो अधिकार भएतापनि आफ्नो यो कार्यले आफु, आफ्नो परिवार र नेेपालमा भएका सम्पूर्ण कोरियावासी नेपालीका आफ्न्त र परिवारलाई पर्नसक्ने प्रभावबारे सोच्ननुपर्ने स्थिति उत्पन्न भएको छ। ।हामी प्रतेक ले दिनको ३ पटक मात्र फेसबुक मा हाल्दा पनि १लाख भन्दा बडी पटक एउटै समाचार पोस्ट हुन्छ। यस्ले गर्दा कोरोना भााईरसको भन्दा पनि यस्ता पोस्ट हरू ले गर्दा मनोबैज्ञानिक रुपमा मानिस झन कम्जोर हुन्छ। यहा भएको कोरोना को प्रतेक अपडेट सबै संग हुन्छ त्यही भएर यो खालको पोस्ट गर्नु भन्दा बरु आफ्नो ध्यान अरु आफ्नो ब्यक्तिगत सरसफाई तथा गित संगित मा केन्द्रीत गर्दा हामीमामा सकारात्मक सोचको विकास हुनुको साथै रोग प्रतिरोधात्मक क्षमताको समेत बृद्धि हुन्छ।
अहिले संक्रमण तिब्र भएकोले सकेसम्म केही समय बाहिर हिडडुल नगर्ने, मास्क को प्रयोग गर्ने, खाने कुरा मा ध्यान दिने हो भने यो संक्रमणबाट डराईहाल्नु पर्ने स्थिति छैन। कसैलाई यो रोगको कुनै पनि लक्षण देखा परेमा २४सै घन्टा उपचार खुल्लाभएको हुदाँ निर्धक्क हुन सकिन्छ। यदि हामीमा ज्यादैँ डरले सताइरहेको छ भने हामी मनोबैज्ञानिक रुपमा पनि कम्जोर हुन पुग्दछौँ, जसको फलस्वरुप हामीमा सामान्य रुघा लाग्दा पनि हामी ज्यादै कमजोर हुन पुग्दछौँ।त्यही भएर सबै जनाले आत्मबल बलियो बनाऊन अत्यन्त आवश्यक छ।
धेरै साथी हरुले प्राय नकरात्मक, झूटा खालको पनि समाचार तथा पोस्ट हरू हालेको देखीन्छ,जून कोरिया को कानुन बिपरित छ । कति पाए साथीहरुले कहिले काहि रमाईलोको लागी यस्ता पोस्ट हरू तथाा भिडियो हरू हाल्ने गरेको पनि देखीन्छ र लाग्न सक्छ मैले पोस्ट गर्दा कोरियन ले कहाँ देख्छ भनेर तर तपाई ले गलत सुचना तथा पोस्ट लाई कोही कसैले रिपोर्ट गरेमा यसको भागिदार तपाई आफै बन्नू पर्ने हुन्छ ।त्यही भएर एक छिनको रमाईलो को लागी यस्ता बिषय लाई सामाजिक सञ्जालमा नराख्दा उपयुक्त हुन्छ।
कोरियामा लगभग 6 करोड भन्दा बढी मानिसहरु बसोबास गर्छन, रोकथामको लागी देश पुरा लागी परेको छ। कोरियन वा बिदेशी भनेर चेकअपमा कुनै भेदभाब छैन। त्यही भएर हामी सर्तक हुने तर आत्तीहाल्नु पर्ने अबस्था देखिदै।त्यही भएर हाामीसबैले सरसफाई सहित सुरक्षाका उपाय अवलम्बन गर्दैआफ्नो आत्मबल बलियो बनाऊन अत्यन्त आवश्यक रहेको छ। सााथै रुघा खोकी सहित ज्वरो आएमा, सास फेनॅ गार्हो भएको अनुभव भएमा नजिकैको स््वास्थ्य संस्थामा जान अथवा १३३९ मा कल गर्न समेत सकिनेछ।
(लेखक के. पि.चौलागाई सिन्धुपाल्चोक समाज दक्षिण कोरियाका संरक्षक एवं सामाजिक अभियन्ता हुन्)