नरेन्द्र कुमार आले मगरउपर आरोप-पत्र दायर

समाचार

काठमाडौं १५ फागुन । साँस्कृतिक संस्थान जमल, काठमाडौंका नृत्य कलाकार, तह-५ का नरेन्द्र कुमार आले मगरको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा निजले सिद्धेश्वर माध्यमिक विद्यालय बुटवल रुपन्देहीबाट कक्षा १० उत्तिर्ण गरेको नक्कली, झुठ्ठा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी नियुक्ति लिई हालसम्म कार्यरत रही सरकारी सुविधा तथा लाभसमेत लिएको देखिंदा निजले साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर गरेको हुँदा निज नरेन्द्र कुमार आले मगरलाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ को उपदफा (२) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।