
-टंक गौतम
नोबेल कोरोना अर्थात “कोबिड १९”गत डिसेम्बर महिना देखि चीनको वुहान बाट पत्ता लागेको यो खतरनाक जीवाणु बिश्वब्यापी रूपमा फैलिदै अहिले विश्वको करिबकरिब ५० भन्दा बढी देशहरूमा देखा परिसकेको छ। अहिले पछिल्लो समय मा चीन पछि यसको संक्रमण कोरिया मा तीब्र रूपमा बढ्दै गइरहेको विभिन्न संचार माध्यमहरू बाट सुन्दै र पढ्दै आइरहेका छौं ।अन्य एसियन मुलुकहरू बाहेक अमेरिक , युरोप र अफ्रिकी देशहरूले पनि यो भाइरस विरुद्ध संघर्ष गरिरहेका छन। बिश्व स्वास्थ संगठन WHO ले पनि यो खतरनाक भाइरस विरुद्ध लड्न सम्पूर्ण जुट्नु को विकल्प न भएको भन्दै आफ्ना सम्पूर्ण सदस्य राष्ट्रहरु लाई पुर्ब तयारी को लागि पत्रकार सम्मेलन मार्फत आव्हान समेत गरिसकेको छ।अझ नेपाल लाई त सबैभन्दा जोखिमपूर्ण देश को सुची मा मात्रै राखेन, भाइरस विरुद्ध लड्न गम्भीरतापूर्वक लाग्नको लागी पुर्ब तयारी गर्न चेतावनी दिईसकेको छ।

चीन, जापान, कोरिया, अमेरिका जस्ता शक्तिशाली राष्ट्र हरूको प्राबिधिक र बैज्ञानिक रोकथामका बाबजुद चुनौतीपूर्ण तरिकाले नयाँ ठाउमा दैनिक जसो गुणात्मक रूपमा देखा परेको यो भाइरस आजको अवस्था सम्म आइपुग्दा करीब ९० हजार जना को हाराहारी मा संक्रमित भैसकेको र अझ हजारौं को सङ्ख्या मा पहिचानका लागी हस्पिटल मा लाइन लागिरहेका छन । मृत्युु हुनेको संख्या पनि उत्तिकै छ करिबकरिब २ हजार ९ सय जना ले ज्यानै गुमाएका छ्न। यो भाइरस नेपालीको लागी कति जोखिमपूर्ण होला कल्पना गरौं त ! आज नेपाल कोरोना मुक्त राष्ट्र हो भन्दै पर्यटन बर्ष को नाममा अनियमित तरिकाले दैनिक जसो पर्यटक खुला रूपमा देश भित्र्याउदा भोलि प्रकोपको सामना गर्नुपर्यो भने स्थिति के होला त्यस तिर पनि सरकारको ध्यानाकर्षण हुन जरुरी छ । यसो भन्दै गर्दा पर्यटन बर्षको बिरोधाभाष हुन सक्छ त्यो पटक्कै हैन, वर्तमान परिस्थिति लाई तुलना मात्र गरेको हो।
हाम्रो देश कोरोना को प्रकोप उच्च जोखिम मा रहेको कुरा सबैले सहजै अनुमान गर्न सकिन्छ र अवस्था पनि तेस्तै छ । नेपाल एक त खुला नाका अर्को त भौगोलिक अबस्थिती, सूचना र प्रबिधि को कमि र कमजोर आर्थिक अबस्थाको कारण प्रकोपले बलियो रूपमा स्थापित हुने संभावना छ। त्यसैले सरकार, सरोकारवाला समाज, सचेत नागरिक , बुद्धिजीवी सबैले यस्तो प्रकोप न्यूनीकरण र रोकथामका लागी बेलैमा सचेत हुँदै हातेमालो गरि जनचेतना फैलाउनु पर्छ । यो प्रकोप नियन्त्रणमा सरकारले के गर्नुपर्नेछ भन्ने बारे केहि बुँदाहरू यस प्रकार छ्न-
१. सबैभन्दा पहिलो त हाम्रो मुख्य मार्ग अन्तर्राष्ट्रिय बिमानस्थमा अत्याधुनिक मेसिन सहित दक्ष विशेषज्ञ टोलि चौबीसै घण्टा खटाएर प्रत्येक नेपाली वा बिदेशी लाई स्वास्थ्य परिक्षण गरि , निश्चित गरेर मात्र प्रवेश दिने, यदि संक्रमण को शंका लागेमा निर्दिष्ट समयसम्म प्रत्येक्ष निगरानीमा क्वारेन्टाइन मा राखेर अबधि पश्चात् पठाउने।
२. अन्य खुला नाकाबाट पनि त्यही तरिकाले भित्र्याउने ।
३. प्रत्येक ब्याक्ती को मोबाइल मा हाई अलर्ट मा प्रकोप बारेमा जानकारी दिने।
४. रेडियो टेलिभिजन लगायतका संचार माध्यम बाट सरल र सबैले बुझ्ने गरि जनचेतनामूलक कार्यक्रम संचालन गर्ने, सूचना प्रसारण गर्ने । विभिन्न पोस्टर बोर्ड हरुमा चेतावनी का तस्बिरहरू राख्ने।
५. हस्पिटल मा आईसोलेसन क्षमता बढाउने , त्यो क्षेत्रमा ज्यानको बाजी लगाएर खटिने विशेषज्ञ तथा सहयोगी सबैलाई सेवा सुबिधा बिमा लगायत का कुरामा कुनै कसुर नराखी सहयोग गर्न प्रोत्साहन गर्ने।
६. स्वास्थ्य टोल फ्री नम्बर सन्चालन गरि परामर्श जारी राख्ने ।
७. कुनै पनि जमघट हुने कार्यक्रमहरु जस्तै धार्मिक , वैवाहिक , गोष्ठी, सभा सम्मेलन , पिकनिक लगायत का कार्यक्रम हरु पूर्णतः व्हीप जारी गर्दै प्रतिबन्ध लगाउने ।
रोग लाग्नु भन्दा रोगको बाटो छेक्नु नै उत्तम उपाय हो त्यसैले यस्ता किसिमका सचेतना का कुरामा सरकार लागी परेमा केही हदसम्म न्यूनीकरण गर्न सकिन्छ । सरकारले गरेरमात्र सम्भव छैन सचेत नागरिकले पनि निम्न कुरामा ध्यान दियौं भने आफू सुरक्षित रहने संभावना धेरै हुन्छ ,
१. सबैभन्दा पहिले बिना काममा बाहिर हिडडुल न गर्ने, हिंड्नै परेमा मास्क, पन्जा लगाएर सुरक्षित तरिकाले हिड्ने ।
२. भिडभाड भएको ठाउमा सकभर न जाने ।
३. सार्वजनिक सवारीमा ओहोरदोहोर न गर्ने किनकि त्यहाँ धेरै भिडभाड हुन्छ ।
४.पार्टी, सभा, पिकनिक, बिबाह , भोजभतेर मा सहभागी न हुने।
५. बाहिर बाट काम सकेर घर आए पछि राम्ररी साबुनपानीले हात धुने । बाहिर हिड्दा सकभर आफ्नो नाक मुख आँखा हातले न छुने किन कि तपाईंको हातमा किटाणु हुन सक्छ , यो जीवाणु फलाम ,प्लाष्टिक मा करिब १ दिन जिवित रहने अनुमान गरिएको छ। त्यो तपाईंले छोएको चिज संक्रमित ब्याक्ती ले पनि छोएको पनि हुन सक्छ त्यसैले ।
६. आफ्नो सुत्ने कोठा तथा शरीर प्रायः न्यानो बनाईराख्नु पर्छ किनकि यो जीवाणु तुलनात्मक रूपमा चिसो मा भन्दा तातोमा कम सक्रिय हुने अनुमान गरिएको छ ।
७. कसैलाई भेटघाटमा सिधै हात मिलाउने काम गर्नु हुदैन ,
८. तातो पानी लगायत स्वस्थकर झोल कुराहरू खाने गर्नु पर्छ ।
९. वयस्क निरोगी ब्याक्ती को तुलनामा दीर्घकालीन रोगी र वयोवृद्ध उमेरका मानिसको लागी अलि जोखिम भएकोले अलि बिशेश ध्यान दिन जरुरी छ।
यी कुरामा ध्यान दिन सकेको खण्डमा यो भाइरस बाट सुरक्षित रहने धेरै सम्भावना हुन्छ , यो कुरा सबैले मनन गर्दै आपसी सद्भाव कायम राख्दै कोरोना बिरुद्ध लड्न सहयोग गरौं , आफू पनि स्वस्थ रहौं अरूलाई पनि प्रेरित गरौं।
(लेखक रामेछाप सम्पर्क समिती दक्षिण कोरियाका बरिष्ठ उपाध्यक्ष हुन्।)
