कोभिड १९ ले ल्याएको बिपत्ति परदेशबाट घरदेसको चिन्ता  

विचार/अन्तर्वार्ता

-बेद आचार्य

प्रिय नेपालिमन हरु यतिबेला हामि आक्रान्त छौ कोरोना भाइरस कोभिड- १९ जुन महामारिले लाख भन्दा धेरैको ज्यान गैसकेको र २२ लाख भन्दा धेरै मानिस सन्क्रमित भैसकेको यो परिस्थिति मा केहि मात्रामा बिरामि सन्चो भएको अबस्था मा बिस्व भरका सबै मानब जगतमा सुरुक्षित रहने कामना गर्न सक्छु ,सबैको भासामा बुझाउन सक्दिन ,तर मेरा घरदेस बासि नेपालि मन भएका नेपाली भासा बुझ्ने तपाईं सबैलाइ एकपटक गम्भिर भएर सोचिदिन हार्दिक अनुरोध गर्दछु ,कि हामि मानबियता को सबालमा जगतमा पहिलो नम्बर मा छौ र रहने छौ ! यो मानब जगतकै इतिहासमा सायद हामिले भोगेको यति ठुलाे महामारि यथासिध्र अन्त्य होस र यस्तो अबस्था पुनः कहिल्यै नआओस म यो परदेश बाट यहि कामना गर्न सक्दछु।


मेरो आसय के हो भने , यतिबेला हामि सबैले एक्दमै सुरुक्षित साथ रहौ र थोरै भएपनि मानबियता देखाऔ कतै तपाईं हाम्रो घर को बाटो हुदै कुनै नेपालि कस्टकर पैदल यात्रा गर्दै आफ्नो गन्तव्य पुग्न खोज्दै त छैनन् ? यदि त्यस्तो देखियो भने टुलुटुलु हेरिबस्न हामिलाइ नैतिकता ले दिन्छ र? तपाइहामि सङ्ग केहि न केहि सेवा गर्ने क्षमता छैन र ? सकिन्छ आफै सेवा गरौ धर्म पाउनुहुने छ , सकियेन तपाइ हाम्रो राज्यमा अहिले तह तह गत सरकार छ कुनै पनि स्थानिय सरकार ले ति भोका,थकित ,बिरामि ,असहाय ,गरिब हरुलाइ यो अबस्थामा जहा छ्न त्याहि केहि दिन खान ,बस्न र सकिन्छ उद्दार गरि उस्को परिबार सङग भेट्न चाहाना लाइ साथ दिन सक्ने ल्यागत राख्न सक्दैन र?हाम्रो नगरपालिका ,गाउपालिका ,प्रदेस सरकार ?कम्तिमा यो तातो घाममात्यो पिच सडकमा हिड्ने पैदल यातृलाइ थकाइ लाग्दा निदाउने न्युनतम ब्यबस्था भएको सुत्ने छानो को ब्यबस्था गर्न सक्दैन र ? अहिले बिध्यालय भवन खालि छ सरकारी कार्यालय हरु ,सामुदायिक भबन हरु छन तिनिहरुलाइ सदुपयोग गरेर कम्तिमा यो मेरो देस हो मैले आरामको सास फेर्न पाउने दिन रहेछ ,राज्य रहेछ भन्ने आभास दिलाउन वातावरण मिलाउन सके कत्ति राम्रो हुन्थ्यो होला है! सोचौ त ,ति आज कमाएर बेलुका हातमुख जोड्नु पर्ने हाम्रो समाज का हामि जस्ता तल्लो बर्गका हरुको के हबिगत हुदै होला ! यो कोभिड -१९ को महामारिले हामिलाइ भबिस्यको चिन्ता लाग्न छोडेकाे छ रोगले भन्दा भोकले मरिएला भन्ने चिन्ता हुनु कस्तो बिडम्बना हो ,के हेर्दै छ्न तिनिहरु जसले चुनावमा ठुला सपना देखाएर भोट लिएर जित्ने हरु लाज त छैन होला तर थोरै भएपनि मानबियता हुनुपर्ने होइन तपाइहरुमा??

आफ्ना नागरिक को यो अबस्थामा आफ्नो परिबार बालबच्चा लाइ सान्त्वना दिदै ,भएको ,सङ्गै खाएर दुख साट्ने अभिलाषा बोकेर कुम्लो बोकेर दिन रात नभनि ५/७ दिन लगाएर बाटेा तय गरेकाहरुलाइ यो अबस्तामा पुलिसको भाटा खानु पर्ने कस्तो बडम्बना हो ! खैर जे भयो हिजोसम्म ,आजको दिन देखि भुल सुधार गर्दै सबैले बाच्ने चाहानाको मध्यनजर राख्दै सरकारले जनताको बाध्यता को मजाक नगरोस ,हामि जनता जहा छौ त्यहि बिभिन्न बिकल्प हरु खोज्दै सम्बन्धित स्थानिय सरकार लाइ सुचना दिने काममा दुख भोग्ने र दुखिको दुख देख्ने जो कसैले सहयोग गरि यो महामारी बाट बचौँ र बचाऔँ।

(लेखक नेपाल पत्रकार मञ्च दक्षिण कोरिया शाखाका सचिव हुन्)

Facebook Comments Box