पन्ध्र लाखको तरकारी बाली असिनापानीले सखाप

कृषि

काठमाडौं, १९ वैशाख२०७७। आर्थिक वृद्धिदर घट्दा प्रतिव्यक्ति आम्दानी ३४ डलरले बढ्यो बैंकबाट कर्जा लिइ व्यावसायिक तरकारी खेतीमा संलग्न कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० का रामसिंह डगौराको कृषि फार्ममा लगाइएको तरकारी बाली असिनापानीले नष्ट पारेको छ । जग्गा ‘लिज’मा लिइ तरकारी खेती गर्दै आएका डगौराको तरकारी फार्म पूरै दुई दिनअघि हावाहुरीसँगै आएको असिनापानीले तहसनहस पारिदिएको छ ।

फार्ममा लटरम्म फलेका टमाटर, तितेकरेला, खुर्सानी, सिमला मिर्च, बन्दागोभी, मुला, बोडी, मकैलगायत बाली पूरै नष्ट भएको छ । तरकारी बाली पूरै नष्ट भएपछि बैंकबाट लिएको रु आठ लाख कर्जाको रकमको किस्तार ब्याज बुझाउन उहाँलाई निकै समस्या भएको छ । रु आठ लाख बैंकबाट र एक लाख रकम डगौराले आफन्तबाट ब्याजमा लिइ तरकारी खेतीमा लगानी गरेका छन् ।

फार्ममा फलेको तरकारी कोरोना भाइरस रोकथामका लागि गरिएको लकडाउनका कारण थोरै मात्रै बिक्री हुन पाएको थियो डगौराले भन्नुभयो, “रु १५ हजार जतिको तरकारी बिक्री गर्न भ्याएका थियौँ । बेच्नका लागि तयार भएको र हुँदै गरेको पूरै तरकारी फार्ममै थियो । त्यो सबै असिनापानीले नष्ट गरिदिएको छ ।” असिनापानीले रु १५ लाख बढीको तरकारी बाली नष्ट गरेको डगौराको भनाइ छ ।

जैविक मल र जैविक विषादीको प्रयोग गरी तरकारी उत्पादन गर्दै आएकाले स्थानीय बजारमै राम्रो दाममा तरकारीले बजार लिन थालेको थियो उहाँले भन्नुभयो, “कामै नलाग्ने गरी पूरै तरकारी नष्ट भएपछि लगानीसमेत डुबेको छ । बैंकको किस्ता बुझाउनसमेत अरुसँग हात थाप्नुपर्ने अवस्था आएको छ । ऋणमाथि ऋणको बोझ थपिने अवस्था आएको छ ।” आम्दानी गरी सहज जीवनयापन गर्न सकिएला भनेर कर्जा लिएर तरकारी खेतीमा हात हालियो । उहाँले भन्नुभयो, “हतासा र निराशा मात्रै हात लागेको छ ।” स्वामित्व जग्गा बेचेर श्रीमतीको उपचारमै सिध्याए । आर्थिक अवस्था उकास्कनका लागि हिम्मत गरी जग्गा लिजमा लिएर तरकारी खेतीमा संलग्न भएपछि प्रकृतिले पनि साथ दिएन डगौराले निरास हँुदै बताउनुभयो ।

श्रीकृष्ण माध्यमिक विद्यालयले सञ्चालन गरेको ३९० घण्टे बेमौसी तरकारी खेतीसम्बन्धी तालिम लिएर गत वर्षदेखि विद्यालयकै दुई बिघा जग्गा रु ३० हजार २०० वार्षिकरूपमा बुझाउने गरी लिजमा लिइ डगौरा मौसमी र बेमौसमी तरकारी खेतीमा संलग्न हुँदै आएका छन् । तरकारी खेतीसँगै डगौराको प्लाष्टिकको टनेल असिनापानी र हावाहुरीका कारण कामै नलाग्ने अवस्थामा पुगेको छ । टनेलमा राखिएको प्लाष्टि पूरै च्यातिएको छ भने टनेल ढलेको छ । टनेल बनाउन मात्रै डगौराले रु तीन लाख रकम खर्चेका थिए । कृषि जेटिए र आइएसी एजी पढ्ने विद्यार्थीका लागि डगौराको कृषिफार्म प्रयोगशालाका रुपमा रहेको छ ।

विद्यार्थीहरुले खेत तयार गर्नेदेखि तरकारीको बीउ तयार गर्ने, रोप्ने, जैविक मल बनाउने, जैविक विषादी बनाउने, रोग किरा व्यवस्थापन गर्नेलगायत व्यावसायिक तरकारी खेतीमा संलग्न डगौराबाट सिक्दै आएका छन् । फार्म नै तहसनहस भएपछि विद्यार्थीसमेत सिक्ने अवसरबाट बञ्चित भएका छन् । असिनापानीले तरकारी बालीमा नोक्सानी व्यहोर्न बाध्य भएका डगौराले स्थानीय, तह, प्रदेश र सङ्घीय सरकारसँग बीउबिजनको व्यवस्थासँगै क्षतिपूर्तिको व्यवस्था मिलाइदिन आग्रहसमेत गर्नुभएको छ ।

श्रीकृष्ण माध्यमिक विद्यालयमा कृषि जेटिए र आइएससी एजी पढ्ने विद्यार्थीका लागि प्रयोगात्मक अभ्यास गर्नका लगि बनाइएको ग्रिन नेट, प्लाष्टिक टनेल, मल्चिङ प्लाष्टिकलगायतमा समेत हावाहुरी र असिनापानीले क्षति पु¥याएको छ । विद्यार्थीले रोपेको तरकारी खेतीसमेत पूरै नष्ट भएको छ । प्रयोगात्मक सामग्री, संरचना र तरकारी बालीमा गरी रु तीन लाख बढीको क्षति पुगेको विद्यालयका शिक्षक राजेन्द्र पाण्डेयले बताउनुभयो । सोही क्षेत्रका दुई दर्जन बढी किसानले असिनापानीबाट निकै ठूलो क्षति व्यहोरेका छन् ।