काठमाडौं । मातृभूमी बाकाचोल सेवा समाज र हेल्पिङ एजुकेसन फाउन्डेसनको संयुक्त पहलमा राहत वितरण वितरण गरेको छ । खोटाङबाट काठमाडौं आइ अध्ययनरत् विद्यार्थी र ज्याला मजदूरी गर्नेहरुलाई राहत वितरण गरिएको मातृभूमी बाकाचोल सेवा समाजसमाजका अध्यक्ष टीकाराम पुरीले बताए । राहत सामग्री खोटाङका १ सय २० लकडाउन प्रभावित परिवारलाई राहत उपलब्ध गराइएको हो।
पूर्व मन्त्री शेरबहादुर तामाङ र प्रदेश १ का सांसद उषाकला राईको उपस्थिति बीच रासन एवं अन्य दैनिक उपभोग्य वस्तु दिइएको हो। खोटाङका विभिन्न गाउँमा शिक्षा र स्वास्थ्यको क्षेत्रमा सामाजिक कार्य गर्दै आएका हेल्पिङ एजुकेसन फाउन्डेसनका अध्यक्ष रामकुमार तामाङ र मातृभूमी बाकाचोल सेवा समाजका अध्यक्ष टीकाराम पुरीले आवश्यक पीडित पहिचान गरी सामाग्री उपलब्ध गराएका हुन्।
‘घर फर्कन बञ्चित र यत पनि चुल्हो बल्नै अप्ठ्यारो परेकाहरुलाई खोजेर राहत दिएका हौं। विपद् त नटर्ला तर भोकै बस्न नपरोस् भन्ने आशय हो’, टीकाराम पुरीले भने।

काठमाडौं महानगरपालिका ६ स्थित नाराणहिटी तमाङ सेवा केन्द्रबाट सामान खाद्यान्न हस्तान्तरण गरिएको थियो। ‘विश्व विपद्को घडीमा आ-आफ्नो ठाउँबाट आवश्यक परेकालाई सहयोग पुर्याउन सकिन्छ। सहयोग सानो ठूलो हुँदैन भन्ने सन्देश प्रवाहका लागि पनि यो अभियान थालेका हौं’, टीकाराम पुरीले भने।
