- नेपाल निजामती कर्मचारी युनियनको आठौँ महाधिवेशनका लागि गोपालप्रसाद पोखरेल समूहले उम्मेदवारी घोषणा गरेको छ । युनियनका वर्तमान अध्यक्षसमेत रहनुभएका खोटाङ निवासी पोखरेलले आगामी कार्यकालका लागि पुनः उम्मेदवारी दिन लाग्नुभएको हो । अध्यक्ष पोखरेल समूहको वरिष्ठ उपाध्यक्षमा उत्तम कटवाल, महासचिवमा दुर्गा फुँयाल, उपाध्यक्षमा यज्ञ वलीले उम्मेदवारी दिने हुनुभएको छ । त्यसैगरी प्रदेश उपाध्यक्षमा प्रदेश नं १ बाट मानबहादुर वन, मधेश प्रदेशबाट राजकिशोर राउत, बागमती प्रदेशबाट दीपकराज मिश्र, गण्डकी प्रदेशबाट दीपक रेग्मी, लुम्बिनी प्रदेशबाट मदन गौतम, कर्णाली प्रदेशबाट चन्द्रबहादुर खड्का र सुदूरपश्चिम प्रदेशबाट चेतराज जोशी उम्मेदवारी दिने तय भएको छ । यस्तै सचिव र सदस्यको भने टुङ्गो लगाउन बाँकी रहेको उपमहासचिव दुर्गा फुँयालले जानकारी दिनुभयो । नेपाल निजामती कर्मचारी युुनियनको नयाँ नेतृत्व चयनका लागि यही फागुन २१ देखि २३ गतेसम्म काठमाडौँमा महाधिवेशन हुँदैछ । कोरोना सङ्क्रमणका कारण गत माघ ८ देखि १० गतेका लागि तय भएको महाधिवेशन स्थगित भएको थियो ।
Facebook Comments Box