परराष्ट्रमै पहिलो महिला सचिवको योजना- द्विपक्षीय र बहुपक्षीय सम्बन्धलाई प्राथमिकता दिने

प्रशासन

नेपालको परराष्ट्र मन्त्रालयको २५औं सचिव तथा मन्त्रालयको पहिलो महिला सचिव सेवा लम्सालले चुनौतीहरूलाई आत्मसात् गर्दै नेपालको परराष्ट्र नीतिको खाकाभित्र रहेर काम गर्ने योजना अघि सारेकी छिन् । छिमेकी राष्ट्रलाई पहिलो प्राथमिकतामा राख्दै द्विपक्षीय र बहुपक्षीय सम्बन्धलाई प्राथमिकता दिने लम्सालको भनाइ छ । यसका साथै मन्त्रालयको क्षमता अभिवृद्धिका कामहरू, संस्थागत स्मरणहरूलाई प्रभावकारी बनाउने विषयहरू र मन्त्रालयमा विगतमा भएका निर्णयहरूलाई कार्यान्वयन गराउने कुराहरू पनि आफ्नो प्राथमिकतामा पर्ने लम्सालले बताइन् ।

पदभार सम्हालेलगत्तै सचिव लम्सालले पछिल्लो मापदण्ड अनुरूप कुन पदाधिकारीले कति इन्धन सुविधा पाउने भन्ने सर्कुलरलाई कार्यान्वयन गराउने निर्णय गरेकोसमेत जानकारी दिएकी छन् । नेपाली सञ्चारमाध्यमसँग कुरा गर्दै सचिव लम्सालले लम्सालले हमासले बन्दी बनाएका विपिन जोशीको रिहाइका लागि सबै च्यालनबाट कुराकानी भइरहेको पनि जानकारी दिइन् । उनले रुसी सेनामा नेपाली युवाको भर्ना तत्काल रोक्क रुसलाई भनिसकेको बताएकी छन् ।

Facebook Comments Box