लालझाडी गाउँपालिकाका व्यवसायिक रुपमा उखु खेती गर्ने किसानलाई आधुनिक कृषि यन्त्र तथा उपकरण अनुदानमा वितरण गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यक्रमअन्र्तगत सञ्चालित मुख्यमन्त्री नमुना कृषि गाउँमा आवद्ध किसानलाई कृषि यन्त्र तथा उपकरण अनुदानमा वितरण गरिएको हो । कृषिमा लाग्ने श्रमको लागत घटाएर उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले किसानलाई कृषि यन्त्र र उपकरण अनुदानमा वितरण गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख डा दिलबहादुर विष्टले बताउनुभयो । उहाँका अनुसार किसानलाई पावर टिलर, मिनि टिलर, रेजर, रोटाभेटर, सिँचाइका लागि पम्पसेटलगायत उपलव्ध गराइएको छ । यसका अतिरिक्त बीउविजन, बिषादी, रसायनिक मलसमेत किसानलाई उपलव्ध गराइएको छ ।
Facebook Comments Box