६२ लाख रुपैंयाको कारोबार गर्दै सकियो गोदावरी पुष्प मेला

कृषि समाचार

ललितपुर । बाह्रौँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी ४४ हजार ५ सय जनाले अवलोकन गरेका छन् । ४ दिनमा ६२ लाख रुपैंयाको कारोबार गर्दै आइतबार पुष्प मेला सकिएको छ ।

तिहार नजिकिँदै गरेका कारण मेलामा अवलोकनकर्ताको भिड लागेको थियो । तेस्रो दिनसम्ममा मात्र ३९ हजार बढीले अवलोकन गरी ५० लाख रुपैंयाको फूल बिक्री भएको थियो । उक्त मेलाको अन्तिम दिन आइतबार मात्र ५ हजार बढीले अवलोकन गरेका छन् । आइतबार मात्र साढे ११ लाख रुपैंयाको फूलबिक्रीभएको मेलाको आयोजक फ्लोरीकल्चर एशोसिएशनले जनाएको छ ।

प्रदेश नं ३को भूमिव्यवस्था, कृषितथा सहकारी मन्त्रालय र पुष्पविकास केन्द्रको सहयोगमा बिहीबारदेखि फ्लोरीकल्चर एशोसिएसनले मेला आयोजना गरेको हो । उल्लेख्य मात्रामा अवलोकनकर्ता आएका कारण अपेक्षित तथ्यांक भन्दा धेरै कारोबार भएको एशोसिएसनले जनाएको छ ।

मेलामा पहिलो दिन९ हजार ५ सय अवलोकनकर्ता पुग्दा करिब १३ लाख रुपैंयाको कारोबार भएको थियो । दोस्रो दिन १२ हजार बढीले अवलोकन गरेको मेलामा१६ लाख ५० हजार बढीको कारोबार भएको थियो । तेस्रो दिन शनिबार विदा परेका कारण १७ हजार अवलोकनकर्ता पुगेको मेलामा२१ लाख रुपैंयाको कारोबार भएको थियो ।

चार दिनसम्म मेला सञ्चालन हुँदा ४५ लाख रुपैंया बाराबरको कारोबार हुने अपेक्ष गरिए पनि६२ लाख रुपैंयाभन्दा बढीको कारोबार भएको हो ।

प्रदर्शनीमा ४५० भन्दाबढी जातका फूलका ४८ वटा कक्ष समावेश थिए । प्रदर्शनीमा तिहारका लागि प्रयोग हुने गोदावरी फूलका विभिन्न प्रकार स्पाइडर, मिनियचर, इन्क्रर्भ, रिफ्लेक्स तथा कट फ्लावर विधालाई समावेश गरिएको थियो ।
‘रोपेर फूल गोदावरी सजाऔैं घर आँगनवरिपरि’भन्ने मूल नाराका साथसम्पन्नभएको प्रदर्शनीमागोदावरीका साथै तिहारमा घर सजावटका लागिप्रयोग हुने फूलहरू बढी विक्रीभएका छन् ।

२०११ देखि नेपालप्राइभेट नर्सरी स्थापनासँगै सामान्यस्तरमा शुरु भएको फूल व्यवसायआर्थिक गतआर्थिक वर्षको अन्त्यसम्ममा ४३ जिल्लामा विस्तार भइसकेको छ ।

Facebook Comments Box