प्रदर्शनीमा कृषक पुरस्कृत

कृषि समाचार

मङ्गलबारे, ३ माघ । इलामको माईबेनी मेलामा आयोजित कृषि प्रदर्शनीमा राम्रो फलफूल तथा तरकारी उत्पादन गर्ने कृषकलाई पुरस्कृत गरिएको छ ।

माईजोगमाई गाउँपालिकाका र जिल्ला कृषि शाखाको आयोजनामा बुधबार सम्पन्न मेलामा उक्त गाउँपालिका र इलाम नगरपालिकाका ५० कृषकले आ-आफ्ना उत्पादन प्रदर्शनीमा राखेका थिए ।

फलफूल बालीतर्फ एभोकार्डोमा माईजोगमाई गाउँपालिका–४ का नकुर सेम्बो प्रथम, मेवामा रमेश निरौला दोस्रो र सुन्तला र भुइँकटहरमा क्रमशः पदमबहादुर राई र डिकबहादुर विष्ट तेस्रो हुनुभयो । तरकारी बालीतर्फ माईजोगमाई–४ श्रीप्रसाद देवान प्रथम, मनबहादुर देवान दोस्रो र आइतकुमार लिम्बू तेस्रो हुनुभयो ।

लहरेबालीतफ लौकामा झलकबहादुर खत्री प्रथम, सिमीमा नेत्रबहादुर विष्ट दोस्रो र स्कुसमा नवीन राई तेस्रो हुनुभयो । अन्नबालीतर्फ मकैमा माईजोगमाई–५ का नवीन राई र उखुबालीमा माईजोगमाई–४ का जगदीश चापागाईलाई गाउँपालिका अध्यक्ष जीतबहादुर राईले पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

Facebook Comments Box