सन्तोष चौलागाई
सौल/ दक्षिण कोरिया ।
नेपाल मुक्तक प्रतिष्ठान कोरियाको चौथो अधिवेशन तथा रचनावाचन कार्यक्रम आइतबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष आर एन अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली सम्पर्क समाज कोरियाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठको प्रमुख आतिथ्य रहेको थियो । अनेसास कोरियाका अध्यक्ष ह्यारी बोन्ड, स्याङ्जा परिवारका अध्यक्ष भक्त थापा तथा संस्थाका निवर्तमान अध्यक्ष रामचन्द्र शर्मा त्रय विशेष अतिथि रहेको सो कार्यक्रमको सञ्चालन आर पी सी संगमले गरेका थिए ।
करिब ३० जना साहित्यकारहरूले रचनावाचन गरेको उक्त कार्यक्रममा स्वागत मन्तव्य दिपकराज बन्जाडेले गरेका थिए । नव प्रवेशी सदस्यहरू विवेक रिजाल, कोशिस ओझा र अजय गोले अन्जानलाई स्वागत तथा अभिनन्दन समेत सो कार्यक्रम गरिएको थियो ।
संस्थाको चौथो अधिवेशनले पुनः आर एन अधिकारीलाई अध्यक्ष पदमा निर्विरोध निर्वाचित गरेको छ । त्यसै गरि वरिष्ठ उपाध्यक्षमा निर्दोष शिव, उपाध्यक्षमा सुशील अर्याल, महासचिवमा आर पी सी संगम, सचिवमा रुसन सुवेदी, कोषाध्यक्षमा जीवन भण्डारी र सहकोषाध्यक्षमा तिल्ता मगरलाई निर्विरोध निर्वाचित गरेको छ । साथसाथै सदस्यहरूमा दिपकराज बन्जाडे, ह्यारी बोन्ड, सन्तोष चौलागाईं, मानकाजी शाक्य, हिमलाल भट्टराई, कृष्ण रिजाल, भक्तिप्रसाद आचार्य, रुद्र कँडेल, रेशम अधिकारी, सुनिल अधिकारी, लोकेशजङ्ग बहादुर चन्द, अङ्कित कार्की, अर्जुन लामा, सौगात सङ्ग्राम, सुमन ढकाल, अनुराग के सी, शालिकराम अर्याल, दिवस तिवारी, बिराट पराजुली, टिकाराम भट्टराई , महेश विष्ट, माधव आचार्य, कृष्ण भण्डारी , विकेक रिजाल, अजय गोले अन्जान र कोसिस ओझालाई निर्वाचित गरेको छ । कार्यक्रममा महासचिव सुशील अर्यालले प्रगती प्रतिवेदन र कोषाध्यक्ष आर पी सी संगमले आर्थिक प्रतिवेदन पढेर सुनाएका थिए ।
त्यसै गरि सोही कार्यक्रममा सक्रिय सदस्य सम्मानद्वारा संस्थाकै सदस्य दिपकराज बन्जाडे सम्मानित भएका थिए भने, संस्थाले वर्षेनी प्रदान गर्दै आएको ‘प्रखर युवा मुक्तक प्रतिभा सम्मान २०७९’ स्व मुक्तककार महावीर विश्वकर्मालाई अर्पण गरिने घोषणा गरिएको थियो । जसको पुरस्कार राशि नगद रू ११,१११ एघार हजार एक सय एघार नगद र सम्मानपत्र रहेको छ । जसको प्रायोजन संस्थाका निवर्तमान अध्यक्ष रामचन्द्र शर्माले गर्नुभएको जनाइएको छ । स्रोतका अनुसार उक्त सम्मान एउटा औपचारिक कार्यक्रम गरेर स्व महावीर विश्वकर्माका परिवारलाई प्रदान गरिनेछ ।