काठमाडौँ, ११ भदौः नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल किसान महासङ्घमा ५१ सदस्य मनोनित गरिएको छ ।
पार्टी सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गणेशचन्द्र तिमिल्सिनाको अध्यक्षतामा गठित नेपाल किसान महासङ्घ केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा आज ५१ जनालाई मनोनयन गर्नुभएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
सभापति देउवाले यसअघि उक्त तदर्थ कार्यसमितिमा दुई सय ३३ सदस्य थप गर्नुुभएको थियो ।
Facebook Comments Box