काठमाडौँ, १२ पुस : कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गुणस्तरीय बीउबिजनमा कृषकको पहुँच बढाउन आवश्यक रहेको बताउनुभएको छ ।
नेपाल बीउ व्यवसायी सङ्घको २६ औँ साधरणसभा तथा अधिवेशनलाई आज यहाँ सम्बोधन गर्दै उहाँले कृषि क्षेत्रको आधार स्तम्भ बीउ भएकाले समयमै गुणस्तरीय बीउ किसानलाई उपलब्ध गराउन व्यवसायीले ध्यान पुर्याउन आवश्यक रहेको बताउनुभयो ।
आमनागरिकको घर खेतसम्म बीउ पुग्ने र यस्मा समस्या देखिँदा खाद्य सङ्कट समेत आउन सक्ने भएकाले बीउबिजनमा काम गर्नेहरू थप संवेदनशील हुन जरूरी रहेको मन्त्री अधिकारीले बताउनुभयो ।
गुणस्तरीय बीउबिजनमा कृषकको पहुँच बढाउन सरकारले कानूनी, संरचनागत तथा संस्थागत प्रवन्धहरू विगतदेखि नै गर्दै आइरहेको भन्दै बीउबिजन ऐन, २०४५ तथा बीउबिजन नियमावली, २०८१ मा भएका नयाँव्यवस्था निजी क्षेत्रमैत्री रहेको पनि बताउनुभयो ।
Facebook Comments Box