सुशान्त सिंह राजपूतमाथि फिल्म बन्ने

मनोरन्जन

एजेन्सी

बलिउड अभिनेता सुशान्त सिंह राजपूतको मृत्युपछि चलिरहेको विवादबीच उनीमाथि फिल्म बनाउने घोषणा भएको छ । फिल्मको नाम हुनेछ ‘सुसाइड या मर्डर’ । फिल्मको प्रमुख भूमिकामा सुशान्त झैं देखिने टिकटक सटार सचिन तिवारी हुनेछन् । यो फिल्म कथित रुपमा ती परिस्थितीमा आधारित छन् जसका कारण युवा अभिनेताको असामयिक निधन भयो ।

उत्तर प्रदेशको रायबरेलीमा बस्ने सचिन तिवारीले आफ्नो इन्स्टाग्राम अकाउन्टमा उनले फिल्ममा आउटसाइडरको भूमिका निभाउने घोषणा गरेका छन् । फिल्मको निर्देशन शमिक मौलिकले गरेका छन् ।

Facebook Comments Box