काठमाडौँ । छोटै समयमा आफुलाई ग्ल्यामर क्षेत्रमा स्थापीत गराउन लागि परेकी मोडल हुन् मनिषा लकान्द्री । उनको सानै देखिको चाहना हो अभिनय र मोडलिङ्ग । आफ्नो चाहना पुरा गर्न कलाकारीताको क्षेत्रमा होमिएकी मनिषा म्युजिक भिडियो हुँदै चलचित्रमा प्रवेश गर्ने सोचमा रहेकी छन् । नृत्यमा अव्बल मनिषाले आगामी दिनमा अभिनय र मोडलिङ्ग दुबैलाई एकसाथ अघि बढाउने मनसाय लिएकी छन् । उनले अभिनय गरेको म्युनिक भिडियोले चर्चा पाईरहेको छ । मित्र के.सी.को शब्द, शान्ति थापाको स्वर रहेको भिडियोमा मनिषासंगै क्रान्ति बराईली र अनु पराजुलि देख्न सकिन्छ । सफल नायिकाको रुपमा स्थापित हुन चाहने मोरङ, उर्लाबारीकी मनिषा यो क्षेत्रमा प्रतिस्पर्धा नहुने कुरै भएन जे भएपनि आफु हिक्मतका साथ संघर्ष गरिरहेको बताउँछिन ।
Facebook Comments Box