नेपाली मौलिक तीज गीत दाजुबैनी बजारमा

मनोरन्जन

परापूर्व देखि हाम्रा सांस्कृतिक चाडपर्वहरु कृषि कर्मसँग अन्तर सम्बन्धित छन् । सानै बेलामा विवाह हुने, आमाको काखमा लुटपुटिन नपाई पराइको डोलीमा बालखैमा जानुपर्ने बाध्यता एवं परम्परा पनि त्यस्तै रहदै आएको थियो । माइतमा आमा बाबुको काखमा रमाउन नपाउँदै पराइको घरमा श्रीमती, बुहारी एवं प्रकारले विभिन्न जिम्मेवारी र नयाँ वातावरणमा सासू, नन्द जेठानीहरुले गर्ने मुटु दुख्ने व्यथा अनेकन खण्डहरुहरु कलिलो मन, मस्तिष्कमा पर्ने गर्दथ्यो । यसरी आफ्नो माया पाउनु पर्ने समयमा अरुलाई माया एवं सेवा गर्न पराइघरमा रहनु पर्ने अवस्थामा थिए नारीहरु । पेटभरि खान र मनभरि खुशी हुन तीजै कुर्नुपथ्र्यो त्यतिखेर ।दाजुले चुरा पोते किनेर ल्याइदिने अनि भाउजुले आपूलाई नदिइ आफै लगाएको व्यथा पनि तीजका गीतहरुमा समेटिन्थे ।

यसरी हेर्दा नारीहरु विवाह अगाडि पनि कुनै न कुनै रुपमा नारीबाटै चिढिएको दुःखेको चित्रित हुन्थ्यो । त्यसैले यस्तै यस्तै दुःखका कहानीहरु समेटेर तीजका गीतहरु बन्दथे, भलै गीत सङ्गीत बनी रेकर्ड हुने अवस्था थिएन तर पीडा, भावना विरह समेटी आफ्ना जीवन्त भोगाईलाई गीत मार्फत उजागार गरिन्थे । यसैगरि समय अन्तरालसँगै तीजका गीतहरुमा राजनैतिक बिसङ्गति विकृति प्रति प्रहार गर्ने गतिलो माध्यको रुपमा परिवर्तित हुँदै आयो । हाल आएर तीजका गीतहरु विशुद्ध मनोरञ्जन नभई तडक भडक एवं अर्थ विहिन एवम् दृश्यहरुमा पनि उच्छृङ्खल खालका गतिविधिहरुलाई बढावा दिई संस्कृतिलाई एक किसिमले प्रहार गर्ने र भाव विहिन शब्द राखी केही तीजका गीतहरु बन्दै आएका छन् । यद्यपी विवाहित नारीको लागि माइतीघर दुःख बिसाउने चौतारी हिजो पनि थियो र आजपनि छ । वर्षभरिका थकान दुःख पीडा दिदी बहिनी एवं दाजुभाई भेटघाटको एक अवसर पनि हो ।

यसैबीच अहिलेको समयमा पनि दाजुभाई र दिदी बहिनीको मायालाई समेटी सुमधुर संगीत निर्माण भएको छ गीत “दाजु बहिनी” । तिजको पूर्व सन्ध्यामा सामाजिक सञ्जाल युट्युबमा प्रकाशित यस गीतमा तीजमा बहिनीले दिदीलाई नाच्न गाउन आउन्स् भनेर बोलाइएको तिजको समयमा दिदी बहिनी आफ्नो घरमा आउँदा दाजुभाईहरु कसरी खुशी हुन्छन् भन्ने विषयवस्तुलाई गीतको शब्द तथा भाव मार्फत व्यक्त गरिएको छ । नजानी नजानी भएपनि दाजु आउनुस् नाचौँ भनेर चेलीले दाजुलाई आग्रह गरेकी छिन् । दाजुले किनिदिनु भएको साडी सप्को पारी लाउछु भनी चेली खुशी भएकी छन् यहाँ पुराना गीतमा जस्तो दाजुले नेपालबाट दाजुले साडी किनि ल्याइदिए के को दिन्थिन् भाउजैले लाइन आफैँले भन्ने जस्तो दुखेसो छैन । अहिलेको परिवर्तित समाज अनि नारी पुरुष समानता तर्फ अघि बढिरहेका छन् भन्ने जस्ता विषयवस्तु गीतमा समेटिएको छ । नन्दलाई भाउजुले सँगै नाच्न आउनुहोस् भनी आग्रह गरेकी छन् जसले अब नारीहरु एक आपसमा मिलेर आपसी सद्भाव र भाइचाराको सम्बन्ध राख्दैै सुसंस्कृत समाज निर्माण लागि परेका छन् भन्ने सन्देश गीत मार्फत दिइएको छ ।

प्रल्हाद खकुरेल र मिश्रादेवी काफ्लेको नयाँ तीज गीत “दाजु बहिनी” युट्युब मार्फत सार्वजनिक भएको छ । उत्कृष्ट गीतहरु दर्शक स्रोतामाझ प्रस्तुत गर्दै आइरहेको मिलन फिल्म्स प्रोडक्सन प्रा.लि.ले निर्माण गरेको यस गीतको गीत तथा दृश्य निर्माण गरेको हो । शब्द लेखन/संगीत मिश्रादेवी काफ्ले र विक्रम ढुङ्गानाले गर्नुभएको हो ।

यसैबीच नेपाली दिदी बहिनीहरुको महान् पर्व हरितालिका तीजलाई लक्षित गरेर निर्माण गरिएका यस गीतमा “दाजु बहिनी” काभ्रेली चेलीहरु ललिता घिमिरे, मिश्रादेवी काफ्ले सविता ढुङ्गाना तथा गायक प्रदिप रोक्काले सुमधुर स्वर भर्नुभएको छ । नृत्य निर्देशन अमोन राणाको निर्देशनमा कलाकारहरु ललिता घिमिरे, प्रदिप रोक्का, रिना थापा मगर, प्रल्हाद खकुरेल, शान्ति खकुरेल, अग्नि विलास अधिकारी, मिश्रादेवी काफ्ले, सविना ढुङ्गाना लगायत हुनुहुन्छ । यस गीतको निर्देशक मिलन श्रेष्ठले गरेका छन् । साथै यस गीतको सम्पादन रोशन धितालले गरेका छन् । गीत संगीत सँगै परिवारसँग बसी हेर्न सकिने र आफ्नो साङ्गितिक यात्राको दोस्रो गीत भएकोले माया गरिदिनु हुन साथै रचनात्मक सल्लाह सुझावको लागि समेत आग्रह यस गीतकी गायिका/कलाकार गायिका ललिता घिमिरेले आफ्ना दर्शक स्रोताहरुलाई आग्ह गर्नुभएको छ ।

Facebook Comments Box