काठमाडौं, ७ मंसीर । एकपछि अर्को चलचित्र निर्देशन गर्दै आईरहेका निर्देशक उदय सुब्बाको निर्देशन रहने चलचित्र ‘आरुसी’को गीत रेकर्डिङ सक्किएको छ । यसमा बिकाश चौधरी, ताराप्रकाश लिम्बुको संगीत रहेको छ भने शब्द निर्देशक सुब्बाको रहेको छ । गीतमा राजेश पायल राई, दिपक लिम्बु, सुम्निमा ईङ्नाम, बादल लिम्बु, सुसन साम्सुहाङले स्वर दिएका छन् । मंसिरको दोश्रो साताबाट फ्लोरमा जाने चलचित्र ‘आरुसी’ का निर्माताहरुमा बिरु गुरुङ, सहारा प्रधान, केशब कुमार श्रेष्ठ रहेका छन् भने कथा बिरु गुरुङ, पटकथा सम्बाद मौनता श्रेष्ठको रहेको छ ।
Facebook Comments Box