राधिका चौलागाई
लोक गायिका शोभा जिसि गायन क्षेत्रमा परिचित नाम हो । २०७१ सालदेखि लोक गायिका शोभा जिसिले गीत गाउन थालेकि हुन् । लोक गायिका शोभा जिसिका गीतहरु यात्रा, पिकनिक, स्टेज प्रोग्राम यत्रतत्र सुन्न सकिन्छन् । मिठो स्वरकी धनी लोक गायिका शोभा जिसिले २०७१ सालले जाँउ न साथी जाँउ नामक गीति एल्बम बजारमा ल्याइन् । उक्त एल्बममा उनलाई लोक गायिका राधिका हमाल र लोक गायक डिवी गुरुङले साथ दिएका थिए । त्यसपछि शोभा जिसिले २०७१ सालमै अर्को गीति एल्बम यो मन सारै रोको छ अन्तिम पटक भेट्ने धोको छ बजारमा ल्याईन् । त्यस गीति एल्बममा उनलाई लोक गायिका संगीता जिसी र लोक गायक द्वय डिवी गुरुङ र नरेन गुरुङले साथ दिएका थिए । २०७१ सालको तीजमै लोक गायिका शोभा जिसीले व्रत बस्छु तीजमा गीति एल्मब बजारमा ल्याईन उक्त गीतमा उनलाई लोकगायक डिवी गुरुङले नै साथ दिएका थिए । युटुवमा उक्त गीत झनै आधा लाख दर्शकहरुले हेरेका थिए ।
गायन क्षेत्रलाई निरन्तरता दिदै लोक गायिका शोभा जिसिले २०७२ सालको तीजमा पनि यो बारुली कम्मर बजारमा ल्याईन । उक्त गीतले पनि राम्रै सफलता पायो । सो गीतमा पनि लोक गायक डिवी गुरुङले नै उनलाई साथ दिएका दिए । त्यसपछि २०७४ सालमा लोक गायिका शोभा जिसीले दशैं तिहार गीत लिएर आइन् । उक्त गीतले पनि शोभा जिसीले जुनै क्षेत्रमा पनि गीत गाउन सक्छिन् भन्ने प्रमाणित भयो । २०७५ सालमा शोभा जिसीले हातै भरि रङ्गरङ्गका चुरा गीतिएल्बम बजारमा ल्याइन् । उक्त गीतले पनि उनलाई झनै गायन क्षेत्रमा स्थापित गराउन सफल रह्यो । गीत बजारमा आएको केही समयमै झन्नै ३० हजार दर्शकले उक्त गीत एल्बममा हेर्न सफल भए । आधा दर्जन भन्दा बढी गीतमा स्वर दिएकी शोभा जिसीको संगीतिक जीवन गाउमै सुरु भएको हो । गाँउमा हुने कार्यक्रम, स्कुलका कार्यक्रममा, मेलापातमा शोभा गीत गाउथिन् । काठमाडौँ आएपछि सांगीतिक क्षेत्रमा हाम फालेकी शोभाले कहिलै पछाडि फर्किएर हेर्नु परेन ।
गाँउमै छदा उनको मस्तिकमा उब्जेको कलाले काठमाडौँ प्रवेश पछि झङ्गीने अवसर पायो । मिठो स्वरकी धनी शोभाले आफ्ना गीतहरुमा आफै पनि अभिनय गरेकी छिन् । उनको अभिनयलाई पनि धेरै दर्शकले रुचाएका छन् । शोभा जिसीका गीतहरु स्टेज कार्यक्रम, यात्रा, पिकनिक जताततै सुन्न सकिन्छ । त्यसो त शोभा आफै पनि स्टेज पाइन भने दर्शक उराल्न त्यतिकै खप्पिस् छिन् । कला र गला दुवैले साथ दिएकी लोक गायिका शोभा लोक गीतका शब्द चयन आफै पनि गर्ने गर्दछिन् । लोक गायिका शोभा जिसीका नयाँ नयाँ गीतिएल्बम बजारमा आउन् । उनका गीतले चर्चाको शिखर चुमुन काभ्रेपोष्ट साप्ताहिकको यहि शुभकामना ।