नेशनल पावर न्युज म्युजिक अवार्ड २०१९ को आवेदन खुल्ला

मनोरन्जन समाचार

बनेपा काभ्रे । नेपालको पहिलो समावेशी अवार्ड नेशनल पावर न्युज म्युजिक अवार्ड २०१९ को आवेदन खुला गरिएको छ । आगामी माघ २३ गते हुने उक्त अर्वाडका लागी मंसीर ३ गतेवाट आवेदन फारम खुला गरिएको हो । नेपाली सहित देउडा,नेवारी, तामाङ, मैथली – भोजपुरी, राई , लिम्बु , चौधरी, शेर्पा,मगर, गुरुङ भाषाका गीतहरु अवार्डमा सहभागी हुन पाउने छन् । नेपाली भाषाको हकमा २०१८ जनवरी १ देखि २०१८ डिसेम्बर १ सम्म बजारमा आएका गीतहरु हुनु पर्नेछ भने अन्य भाषाहरुको लागि तिन वर्ष भित्रका गीतहरुलाई समावेश गरिने छ । आवेदनको म्याद पुष २० गते सम्म अन्तिम गरिएको छ ।
काठमाडौंको डिल्ली बजारमा रहेको नेशनल पावर न्युजको अफिसमा गएर आवेदन भर्ने सकिने छ । माधब राज खरेल काठमाडौं ९८५१०७८८५० अरबिन्द्र गौतम काभ्रेपलान्चोक ९८६०८९७९८७ सँग पनि सम्प्र्पक राखि उक्त अवार्डको आवेदन दिन सकिने आयोजकले बताएका छन् ।

Facebook Comments Box