दोस्रो ‘जूनकीरी गजल साँझ’ सम्पन्न

मनोरन्जन साहित्य

काठमाडौँ, १३ माघ : जूनकीरी अविश्रान्त उज्यालोले दोस्रो ‘जूनकीरी गजल साँझ’ सम्पन्न गरेको छ । आज काठमाडौँको शिल्पी थिएटरमा आयोजित एक समारोहका बीच कार्यक्रम सम्पन्न भएको हो ।

गजल साँझमा गजलकार बाबु त्रिपाठी, सुमन स्मारिका, रूपक वनवासी रहनुभएको थियो । पुस्तकालय सहयोगार्थ आयोजित जूनकीरी गजल साँझमा गजलकारले आफ्नो भावनालाई गजलका माध्यमबाट प्रस्तुत गर्दै दुःख, सुख, हाँसो, रोदन र पीडा र सुखीका कुरा व्यक्त गर्नुभएको थियो ।

तीन चरणमा भएको गजल साँझमा सहयोगी सङ्घसंस्थालाई सम्मान गरिएको थियो । यस गजल साँझबाट प्राप्त पुस्तक तथा आर्थिक सहयोग रूकुमपूर्वका भूकम्पबाट प्रभावित क्षेत्रमा पुस्तकालय निर्माणाार्थ प्रयोग गरिने संस्थाका सचिव सुवर्ण गौतमले बताउनुभयो ।

जूनकीरी अविश्रान्त उज्यालो समाजका विभिन्न क्षेत्रमा रहेका व्यक्तिलाई विभिन्न तह र तप्काबाट सहयोग गर्दै आइरहेको संस्था हो । जूनकीरीले विभिन्न समयमा सामाजिक, आर्थिक तथा सहयोगी काम गर्दै आइरहेको छ । गजल साँझमा विभिन्न व्यक्तिले पुस्तक सहयोग गर्नुका साथै आगामी दिनमा साथ र सहयोगसहित अगाडि बढ्ने भावना व्यक्त गर्नुभएको थियो ।

Facebook Comments Box