दक्षिण कोरियामा मंगोलियन हटको लाइभ कन्सर्ट हुँदै

मनोरन्जन समाचार

काठमाडौं : रामेछाप सम्पर्क समिति, दोलखाली समाज र सिन्धुपाल्चोक समाज दक्षिण कोरियाले संयुक्त रूपमा मंगोलियन हर्ट लाइभ कन्सर्ट तथा सांगीतिक धमका २०१९ गर्न लागेको छ । आइतबार सउलमा रामेछाप सम्पर्क समिति, दोलखाली समाज र सिन्धुपाल्चोक समाज दक्षिण कोरियाले पत्रकार सम्मेलन गर्दै संयुक्त रूपमा पोस्टर सार्वजनिक गरेको छ । पत्रकार सम्मेलनमा कार्यक्रमको महत्व, आवश्यकता र तयारीका बारेमा जानकारी गराइएको थियो ।

कार्यक्रम छुसकको पहिलो दिन अर्थात १२ सेप्टेम्बरमा हुन लागेको छ । मंगोलियन हर्ट व्याण्डको २५ वर्ष पुगेको उपलक्ष्यमा मंगोलियन हर्टको लाइभ कार्यक्रम हुन लागेको हो । यसबाट हुने आम्दानी दुर्गम भेगको शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी गरिने रामेछाप सम्पर्क समिति दक्षिण कोरियाका अध्यक्ष रबि प्रताप घिसिङले बताए । साथै प्रदेश नं. ३ का तीन वटा जिल्ला मिलेर कार्यक्रम गर्न लागेको भएकोले कोरियामा मिलेर कार्यक्रम गर्न सकिने रहेछ भन्ने उदाहरण आफुहरू बन्न खोजेको समेत अध्यक्ष घिसिङले बताए ।

Facebook Comments Box