“ गाऊँ आएको बाटो “ जुलाई ७ तारिक आइताबारका दिन २ शो को साथ मुगुकमा प्रदर्शन हुदै, HANPASS र लक्ष्मी सनराईज बैंकको सेवा पनि लिन सकिने

कोरियाअपडेट मनोरन्जन समाचार

भावना कार्की
सौल/ दक्षिण कोरिया 

नेपाली कथानक चलचित्र “ गाऊँ आएको बाटो “ (A ROAD TO A VILLAGE) आऊने आइताबार जुलाई ७ तरिका दिन २ शो को साथ मुगुक शहरमा प्रदर्शन हुन लागेको आयोजकले बताएको छ ! फिल्ममा दयाहाङ राई र पशुपति राई दम्पतीको भूमिकामा छन् । बाल कलाकार प्रसन राईले बिन्द्रेको भूमिका निर्वाह गरेका छन् । प्रसिद्ध टोरन्टो फिल्म फेस्टिभलमा वर्ल्ड प्रिमियर भएको यो फिल्म बुसान, मुम्बई, साओ पाउलो, बेइजिङ फिल्म फेस्टिभलमा समेत स्क्रिनिङ भएको छ । यो फिल्म को लागि धेरै माग भैआएको हुदा यो क्षेत्रका सम्पूर्ण नेपाली दाजुभाई – दिदिबहिनीहरुको माग र सुबिधालाई मध्येनजर गरि यो फिल्म प्रदर्शन गर्न लागिएको सामाजिक अभियान्ता तेज गुरुङले बताउनु भयो !

 

त्यस्तै अर्की सामजिक अभियान्ता निसा लिम्बुले नबिन सुब्बाको फिल्म धेरै राम्रो हुने र धेरै लामो समयमा मात्र हेर्न सकिने हुदा सम्पूर्णलाई फिल्म हेर्न आउन चुले निम्तो समेत गर्नु भएको छ !

उक्त कार्यक्रममा HANPASS र लक्ष्मी सनराईजको सेवा पनि लिन सकिने र पासपोर्ट मात्र भएकाले पनि HANPASS बनाएर कोरिएन बैंक( वाल्लेट VIRTUAL ACCOUNT ) को एटीएम कार्ड लिन सकीने साथै लक्ष्मी सनराईजको बैंकको सामान्य खाता, DEMAT खाता, मोबाइल बैंकिङ लगाएत सम्पूर्ण सेवाहरु लिन सकिने आयोजकले बताएको छ !

कार्यक्रम समय: बिहानको १० बजे बाट
स्थान: 충북 음성군 금왕읍 금성로 75번길 5 고객지원센터 1층

कार्यक्रमको विस्तृत जानकारीको लागि: तेज : ०१०-८२६३-५२२३, संगम : ०१०-५९५७-१४९७ , कृष्ण : ०१०-५९६६ -७६१०, विकल : ०१० -३९२२ -१७०० र छवि : ०१० -४१९७ – ९५०१ मा सम्पर्क गर्न सक्नुहुनेछ !

Facebook Comments Box