बरिष्ठ संगीतकार र लोकप्रिय कलाकारका छोरा, छोरी अभिनित ‘एक्टर’ दर्शक माझ आउदै

मनोरन्जन

काठमाडौं १३ पुष । बरिष्ठ संगीतकार सम्राट थापाका छोरा प्रिन्स थापा र लोकप्रिय कलाकार उमा बेबीकी छोरी शिवानी गीरी मुख्य भुमिकामा अभिनित चलचित्र ‘एक्टर’ प्रदर्शनको शंघारमा छ ।
यो चलचित्रमा संयोग नै मान्नु पर्छ एकै परिवारका कलाको बिभिन्न बिद्यामा आआफ्नो पहिचान बनाएका देशका बरिष्ठ नृत्य शिरोमणि भैरव बहादुर थापाका नाती, बरिष्ठ संगीतकार सम्राट थापाको छोरा प्रिन्स थापा अभिनित पहिलो चलचित्र ‘एक्टर’ आगामी माघ ४ गतेबाट प्रदर्शनमा आउने भएको हो । नेपाल डाइस्पोरा इन्टरटेनमेन्टको प्रस्तुति रहेको ‘एक्टर’ आधुनिक परिवेश, प्रेम, रोमान्स, थ्रिलर्स सस्पेन, मनोरञ्जनपुर्ण चलचित्र बनेको निर्माता मनोहरी थापाले बताए । ‘एक्टर’ मा प्रिन्स थापा, शिवानी गीरी, कशिस दाहाल, कृष्ण मल्ल, सरोज खनाल, शिबु शाह, निशा केसी भण्डारी, महेन्द्र मैनाली लगायतका कलाकारको अभिनय छ भने चलचित्रमा सम्राट थापाको कथा तथा संगीत रहेको छ । यसमा मदन घिमिरेको निर्देशन, सम्राट बस्नेतको द्वन्द्व, माइकल चन्दको नृत्य, युवराज राई र डम्बर राईको छायाँकन रहेको छ ।

Facebook Comments Box