बोम्जन गुरुङ
१९ जनवरी २०२५, कोरिया
कोरिया स्थित क्षेत्रीय संस्था कास्की परिवारले यही जनवरी २८ मा आयोजना गर्ने “माछापुच्छ्रे सांगीतिक सौगात भाग ४” को तयारी लगभग अन्तिम चरणमा पुगेको छ । कोरियन नयाँ वर्ष सलनाललाई लक्षित गर्दै आयोजना गरिने सो कार्यक्रममा नेपालको चर्चित ब्याण्ड “1974 AD” कोरिया आउने पक्का भएपछि अझ ब्यापक चर्चा चुलिएसँगै कोरियाको सउल पूरै गीत संगीतले गुञ्जयमान हुने आयोजकले दावी गरेको छ ।
सउल स्थितको सुविधा सम्पन्न हल 서울특별시교육청 학생체육관 (서울시 송파구 올림픽로 25) मा हुने सो लाईभ कन्सर्टका लागि संस्थागत सम्पूर्ण तयारी पूरा गर्दै अपेक्षा अनुरुप दर्शकहरुको बाक्लो उपस्थिति रहने संस्थाका अध्यक्ष सन्तोष पौडेलले विश्वास व्यक्त गरे । कोरियामा सबैभन्दा पुरानो संस्था नेपाली सम्पर्क समितिको सहजीकरण र गण्डकी प्रदेश समाज दक्षिण कोरिया समन्वय साथै सोही प्रदेश अन्तर्गत रहेका अन्य दश जिल्लाको र पूर्ण समर्थन र निर्णयात्मक अनुमोदन गरिएकोले कार्यक्रम सफल र थप उत्साहजनक हुने कार्यक्रम आयोजक कमिटी प्रमुख प्रदेश खोम प्रसाद गुरुङले बताए ।
कार्यक्रम प्रचारप्रसारको कार्यलाई विभिन्न सामाजिक माध्यमबाट अत्यन्त प्रभावकारी बनाउँदै आइरहेकोले कार्यक्रम थप उत्साहजनक हुने कार्यक्रम प्रचारप्रसार संयोजक टेकनाथ भण्डारीले थपे । आपतकालीन राहतकोष अभिवृद्धि सहयोगार्थ उद्धेश्यका साथ आयोजना हुने सो कार्यक्रमलाई आर्थिक सहयोग जुटिरहेको र आर्थिक पाटोबाट मात्रै नभई कोरियामा रहेका नेपाली समुदायलाई कार्यक्रम मार्फत् पूर्णतया: सांगीतिक मनोरञ्जन प्रदान गर्न विश्वस्त रहँदै कार्यक्रम ब्यापक बनाउन कुनै कसर बाँकी नराखेको आर्थिक संयोजक आरती ह्योल्मोले स्पष्ट पारिन् ।
विशेष सहयोगमा सउल तेक्वान्दो एसोसिएसन, मुख्य प्रायोजकको रुपमा Oasisi immigration group & SNB Consultancy, सह-प्रायोजकमा पोखरा रेष्टुरेन्ट जिन्छन थेसो, प्रायोजकमा लुम्बिनी रेष्टुरेन्ट गिम्हे-गजेदो, भेटघाट रेष्टुरेन्ट सुवन र हस्पिटालिटीमा स्वयम्भू रेष्टुरेन्ट सुवन, देउराली रेष्टुरेन्ट दोङ्देमुन रहेको उक्त कार्यक्रममा टिकट दर ४५ हजार कोरियन वोन निर्धारण गरिएको छ । रेमिट पार्टनरको रुपमा HANPASS REMITTANCE रहेको उसाथै KASKI कोड प्रयोग गर्दा कास्की परिवार लाई सहयोग पुग्नेछ र टिकटमा ५००० वोन समेत छुट पाउन सक्ने बताएको छ ! मेट्रो ट्रेन लाइन नम्बर २ र ९ 종합운동장 역 गेट नं.८ मा झरेर उक्त कार्यक्रम स्थल पुग्न सकिनेछ साथै दर्शकको थप सहजताको लागि दोङ्देमुनबाट निःशुल्क बसको व्यवस्था समेत गरिएको छ ।
कास्की परिवार दक्षिण कोरियाले जनवरी २८ तारिक (सलनालको पहिलो दिन) आयोजना गर्ने उक्त “माछापुच्छ्रे सांगीतिक सौगात भाग ४” सफल बनाउन कोरियास्थित सम्पूर्ण संघसंस्था, नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा आयोजक संस्थाले उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दैआर्थिक, नैतिक र भौतिक सहयोगको लागि हार्दिक अनुरोध गरेको छ ।
कार्यक्रमको बारेमा थप जानकारी :
सहयोगको लागि कास्की परिवारको खाता नम्बर :
Keb Hana bank-
84091000984904
카스키 패밀리 코리아
(नोट:रकम जम्मा गरिसके पछि स्लिप अनिवार्य उपलब्ध गराइदिनु होला )
थप जानकारीको लागि :
# कार्यक्रम संयोजक – खोम प्रसाद गुरुङ 01025111124
# कास्की परिवार दक्षिण कोरिया अध्यक्ष- सन्तोष पौडेल 01064678273
# समन्वयको लागि- प्रविण गिरी 01056370286 गण्डकी प्रदेश समाज दक्षिण कोरिया
# आर्थिक संयोजक- आरति ह्योल्मो 01047336316
प्रचार प्रसार संयोजक – टेकनाथ भण्डारी
01059492257
# स्वयंसेवक संयोजक – 01059435186
# कास्की परिवार दक्षिण कोरिया महासचिव – अशोक कुमार थापा 01096033454