काठमाडौं । गीतकार सङ्घ नेपालकाे आयोजनामा कवि तथा गीतकार सरला श्रेष्ठको गीतिसङ्ग्रह “काेपिलाकाे पुकार” लाेकार्पण भएको छ । गीतकार सङ्घ नेपालका अध्यक्ष बसन्त बित्यासी थापाकाे सभापतित्वमा बरिस्ठ गीतकार गजलकार डा.कृष्णहरि बरालको प्रमुख आतिथ्यतामा गीतिसङ्ग्रह “काेपिलाकाे पुकार” लाेकार्पण गरिएको थियो ।
कार्यक्रममा गीतकार सङ्घ नेपालका उपाध्यक्ष रमेश काेइरालाले उपस्थित अतिथिहरुलाई स्वागत गर्दै स्रष्टाको हकअधिकार र उन्नयनमा सङ्घ अगाडि बढेकाे बताए ।
कार्यक्रममा गीतकार सरला श्रेष्ठको गीतका बारेमा बाेल्दै एउटा अब्बल र सरल सिर्जनाकाे धनी भएको बताए । अनुभवले खारिएकाे र संघर्षले भरिएको हुँदा सरल र गहिराई बाेकेकाे सर्जक भएको बताए ।
त्यस्तै काेपिलाकाे पुकार भित्र रहेका सङ्गीतका बारेमा बाेल्दै वरिष्ठ सङ्गीतकार राजु सिंहले मन छुने सङ्गीत सिर्जना भएको बताए ।
कार्यक्रममा सङ्गीत राेयल्टी सङ्कलन समाजका महासचिव बद्री पाण्डे, नेपाल शास्त्रीय सङ्गीत समाजका अध्यक्ष सङ्गीता राना प्रधान, गीतकार सङ्घका पूर्वअध्यक्ष चूडामणि देवकोटाले गीतकार सरला श्रेष्ठको गीतिलेखनमा सफलताकाे शुभकामना दिएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ गीतकार डा.कृष्णहरि बरालले गीतकार सरला श्रेष्ठको बारेमा बाेल्दै लेखनमा शुद्धता, सरलता र विशिष्टता पाएकाे बताए । डा.बरालले गीतकार श्रेष्ठकाे लेखनमा गहनता र महानता पनि भेटिएकाे बताए ।
कार्यक्रममा गायिका बबिना भट्टराई र प्रतिज्ञा कुँवरले गीत प्रस्तुत गरेका थिए । एल्बममा लक्ष्मण पाेखरेल, बबिना भट्टराई, सराेज पाेखरेल, निर्मल दियाली, शंकर थापा स्माइल, नरेन्द्र प्यासीकाे सङ्गीत रहेकाे छ भने दीपा झा, बबिना भट्टराई, प्रताप दास, अन्जु पन्त, शिवराज विश्वकर्माकाे स्वर रहेकाे छ । कार्यक्रममा काेपिलाकाे पुकार गीतको भिडियो देखाइएको थियाे भने दीपा झाले शुभकामना सन्देश पठाएकी थिइन् । कार्यक्रम गीतकार सुमन पण्डितले सञ्चालन गरेका थिए ।
कार्यक्रमलाई समापन गर्दै गीतकार सङ्घका अध्यक्ष बसन्त बित्यासी थापाले स्रष्टा सर्जककाे सिर्जनालाई बाहिर ल्याउन सङ्घकाे साथ रहने बताए । स्रष्टाको हक अधिकार र बाैद्धिक सम्पत्ति संरक्षण गर्न सदैब प्रतिबद्ध रहेको बताए ।
Facebook Comments Box