रामकाजीको निर्देशनमा अन्धपथ बन्ने

मनोरन्जन

काठमाडौं १ फागुन । आरजे मिडिया प्रा.लिको प्रस्तुतिमा फिल्म ‘अन्धपथ’निर्माण हुने भएको छ । यही फागुनको ८ गतेदेखि छायांकन आरम्भ गरिने भनिएको यो चलचित्रको निर्मातामा रामजी लम्साल हुन भने कथा पनि उनकै रहेको छ ।
रामकाजी घिमिरेको लेखन÷निर्देशन रहने चलचित्रमा महानायक राजेश हमाल, सुभाष गजुरेल, उत्तम केसी, सञ्जित भण्डारी, रवि डंगोल, कमल मैनाली, सरस्वतीदेवी लोनिया, कृष्ण ढुंगाना, कृष्ण गिरी लगायत कलाकारको अभिनय रहने छ । विसं २०८२ सालको असोज÷कात्तिक महिनालाई प्रदर्शन मिति लक्षित गरिएको यो चलचित्र कर्णली रुकुम पूर्व, काठमाडौं, भारतको गोवा, ल्याटिन अमेरिकी देश ब्राजिल र अमेरिकामा छायांकन गरिने निर्माता लम्साले जानकारी गराए । चलचित्रको मुख्य सहायक निर्देशकमा रामशरण कोइराला छन् भने छायांकन रामशरण उप्रेती, संगीत अर्जुन पोख्रेल र शृंगारमा सन्तु तामाङको रहने छ ।

Facebook Comments Box