काठमाडौं १ फागुण । स्वर्गीय कल्पना गैरे स्मृति फाउण्डेशनको सहयोगार्थ बिशाल मुभिज प्रालि अनामनगरद्धारा आयोजित चौथो राष्ट्रिय बिशाल लुम्बिनी लोक दोहोरी अवार्ड २०८१ को फाईनल कार्यक्रम यही फागुन ३ गते पुर्व उर्जा तथा श्रम रोजगार मन्त्री माननीय गोकर्ण बिष्टको प्रमुख आतिथ्यतामा चलचित्र बिकास बोर्डको सभाहल चाबहिलमा सम्पन्न हुने चर्चित मोडल तथा अवार्ड कार्यक्रमका संयोजक धिरज खत्रीले जानकारी गराएका छन् ।
लोक तथा दोहोरी गीतसंग सम्बन्धीत करिब ३३ बिधाका करिब ५० जना कलाकारहरुलाई अवार्ड बितरण गर्न लागिएको कुरा बिशाल मुभिज प्रालिका अध्यक्ष तथा चर्चित गायक सर्जक हुम गैरेले जानकारी गराए ।
कार्यक्रममा बरिष्ठ लोक गायक प्रेमराजा महत, लोक गायिका प्राज्ञ टिका पुन, गायक, सर्जक बैकुष्ठ महत, पत्रकार सानु श्रेष्ठ लगायत करिब एकदर्जन अग्रज देखि अनुजसम्मका कलाकारहरुलाई अवार्ड तथा सम्मान प्रदान गर्नुका साथै बिबिध मनोरञ्जनात्मक साँस्कृतीक कार्यक्रम प्रस्तुत गरिने बताईएको छ ।

Facebook Comments Box