भव्यताका साथ बिशाल लुम्बिनी लोक दोहोरी अवार्ड सम्पन्न

मनोरन्जन समाचार

काठमाडौं ४ फागुण । स्वर्गीय कल्पना गैरे स्मृति फाउण्डेशनको सहयोगार्थ बिशाल मुभिज प्रालि अनामनगरद्धारा आयोजित चौथो राष्ट्रिय बिशाल लुम्बिनी लोक दोहोरी अवार्ड २०८१ को फाईनल कार्यक्रम फागुन ३ गते शनिवार पुर्व उर्जा तथा श्रम रोजगार मन्त्री माननीय गोकर्ण बिष्टको प्रमुख आतिथ्यतामा चलचित्र बिकास बोर्डको सभाहल चाबहिलमा सम्पन्न भएको छ ।

आयोजक संस्था बिशाल मुभिज प्रालिका अध्यक्ष तथा चर्चित गायक हुम गैरेको सभापतित्वमा सम्पन्न कार्यक्रममा बरिष्ठ लोक गायक प्रेमराजा महत, लोक गायिका प्राज्ञ टिका पुन, गायक कृष्ण गैरे, बैकुष्ठ महत, पत्रकार सानु श्रेष्ठ, बाल कलाकार प्रिन्स प्रसिद थापा लगायत सम्मानित हुनुभएको छ ।
लोक तथा दोहोरी गीतसंग सम्बन्धित करिब ३३ बिधाका करिब ६० जना कलाकारहरुलाई अवार्ड बितरण गरिएको कार्यक्रममा करिब एकदर्जन अग्रज देखि अनुजसम्मका कलाकारहरुलाई अवार्ड तथा सम्मान प्रदान गर्नुका साथै बिबिध मनोरञ्जनात्मक साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

चौथोे राष्ट्रिय बिशाल लुम्बिनि लोकदोहोरी अवार्ड २०८१ कार्यक्रममा सर्वोत्कृष्ट अवार्ड तथा सम्मान पाउनुहुने श्रष्टा, सर्जकको नामवली यस प्रकार छः राष्ट्रिय भावको गीत डोलराज न्यौपाने ‘सिमाना’, एकल लोक गीत गायक लक्ष्मण चापागाई गीत ‘आँधि खोला नि’, एकल लोक गीत गायिका आश्मा बञ्जाडे गीत ‘आमा बिनाको तिज’, मौलिक गायक श्याम बोहोरा गीत ‘आज तिम्रो बिहे’, लोक आधुनिक गायक ईन्द्र बस्याल गीत ‘जिबन दिएँ’, राष्ट्रिय भावको पब्लीक च्वाईस् बिष्णु परियार गीत ‘देशको मायाँ’, एकल लोक गायिका पब्लीक च्वाईस् कृष्णा मल्ल ठकुरी गीत ‘चरीले बन फेर्यो’, मौलिक नव गायक मदन खत्री गीत ‘पछेउरी मलमलको’, मौलिक नव गायिका पुष्पा राना गीत ‘नमाने लर्ताछु’, मौलिक गायिका बबिता गुरुङ गीत ‘जानीलाई जान देउ मायाँ’, गायक हरी खत्री गीत ‘माछापुच्छ्रेको’, गायिका कबिता खत्री गीत ‘नमस्ते ढोग दीया’, मौलिक नव गायक ‘जुरी’ गुरु प्रसाद अधिकारी गीत ‘हाँसेर लाउ मायाँ’, मौलिक नव गायिका ‘पब्लीक च्वाईस’ तुलसा गाहा मगर गीत ‘गाउँ कै झल्को’ रहेका छन् ।

त्यसै गरी मौलिक गायिका ‘जुरी’ मञ्जु थापा गीत ‘मास्टर्नी’, मौलिक गायिका पब्लीक च्वाईस् सबिता परियार गीत ‘जिन्दगी बुझीन मैले’, मौलिक नव गायिका ‘जुरी’ प्रतिमा भट्टराई गीत ‘कलेजीको छेउ’, भाका नन्दु परियार गीत ‘देउन त्यो मन’, शब्द रचनाकार हेमनाथ खराल गीत ‘कैलाशपती शिब ज’, नव शब्द रचनाकार सुसिल क्षेत्री गीत ‘परदेशको जेल’, नव गायक सञ्जय देबकोटा गीत ‘कुरा बुझ्देउन’, नव गायिका निशा श्रीष मगर गीत ‘भुन भुन भमरा’, नव गायिका पब्लीक च्वाईस् ‘शोभा भुर्तेल गीत ‘दुःखी करिम’, भाका पब्लीक च्वाईस् रञ्जीत सुनार गीत ‘काली बग्यो सली सली’, शब्द रचनाकार ‘जुरी’ राशी रिजाल गीत ‘मजेत्रो’, शब्द रचनाकार पब्लीक च्वाईस् रामु बिरही गीत ‘चिसो मौसममा’, नव गायक ‘जुरी’ प्रकास सापकोटा गीत ‘यो मुटुमा छौ’, नव गायक पब्लीक च्वाईस् प्रबिन राई गीत ‘पुर्बेली नानी’, नव शब्द रचनाकार पब्लीक च्वाईस् राम शिवाकोटी गीत ‘ए आमा’, पर्व गीत गायक योगराज पोखरेल गीत ‘आफ्नै पारामा’, पर्व गीत गायिका पुनम बस्याल गीत ‘नरोय आमा’, मौलिक शब्द रचनाकार अर्पण केसी गीत ‘सोल्टीनीको सिरैमा’, म्यूजिक भिडियो मोडल पुरुष सुमन थापा गीत ‘बैंश जोबान’, म्यूजिक भिडियो मोडल महिला शिभाङगी क्षेत्री ‘साईनो गाँसेर’, म्यूजिक भिडियो मोडल पुरुष ‘जुरी’ सुरेन्द्र कुमार दाहाल गीत ‘पहिलो पहिलो मायाँ’, म्यूजिक भिडियो मोडल महिला पब्लीक च्वाईस् प्रमिता राजघतानी गीत ‘मायाँको जनमबार’, पर्व गीत गायक ‘जुरी’ राजु अधिकारी गीत ‘आँखा नलाउ है’, पर्व गीत गायिका ‘जुरी’ हरीकला सुनार गीत ‘ठोक मादल’, पर्व गीत गायिका पब्लीक च्वाईस् सपना परियार गीत ‘दशैं आयो’, म्यूजिक भिडियो नव मोडल महिला रबिना पौडेल गीत ‘हेल्लो बेबी’, म्यूजिक भिडियो मोडल अभिनय पुरुष गान्दीभ सुवेदी गीत ‘अध्यारो’, म्यूजिक भिडियो लोक आधुनिक मोडल पुरुष सुमित जंग थापा गीत ‘धोका खाएँ अनि बिग्रीएँ’, म्यूजिक भिडियो मोडल अभिनय महिला प्रितीका सापकोटा गीत ‘चिसो चिसो मौसममा’, म्यूजिक भिडियो मोडल अभिनय पुरुष ‘जुरी’ पुष्कल भट्टराई गीत ‘एकल महिला’, म्यूजिक भिडियो नव मोडल महिला ‘जुरी’ लक्ष्मी सुनार गीत ‘कलेजीको छेउ’, म्यूजिक भिडियो लोक आधुनिक मोडल पुरुष पब्लीक च्वाईस् दिनेश डाँगी गीत ‘सेतो घुम्टो’, म्यूजिक भिडियो मोडल नृत्य पुरुष कमल परियार गीत ‘गोर्खाको बजार’, म्यूजिक भिडियो निर्देशक सुरज खनाल गीत ‘पानी सलल’, बाध्यबादक मान बा. परियार गीत ‘अभागी आमा’, मञ्च प्रस्तुती बन्दना बिश्वकर्मा, देउडा गीत गाायक राजेन्द्र बाजुराली देउडा गीत ‘रेलगाडी लेट भयो’, काठे गीत गाायक नारायण गोपाली काठे गीत ‘लाल हिरा’, गायिका अम्बिका आचार्य काठे गीत ‘चिसो भुईमा’, बाल प्रतिभा पवन सारु मगर गीत ‘नशा नशा’, बाध्यबादक ‘जुरी’ शिशिर परियार गीत ‘रामलाई रानी’, मञ्च प्रस्तुती पपुलर शिकला राई, बाल प्रतिभा ‘जुरी’ पल्वा खत्री गीत ‘साउदी कतार’, म्यूजिक भिडियो मोडल नृत्य पुरुष ‘जुरी’ बिजेन्द्र नौबागे गीत ‘पुर्बेली नानी’, म्यूजिक भिडियो निर्देशक पब्लीक च्वाईसु् सुजन राना गीत ‘डाँडाकी साँईली’ रहेका छन् ।
गीतसंगीत तथा कला क्षेत्रका बिशिष्ठ व्यक्तित्वहरुको उल्लेखनीय उपस्थितिमा भव्य र सभ्य रुपमा सम्पन्न कार्यक्रमलाई सफल बनाउन आयोजक संस्थाका उपाध्यक्ष तथा कार्यक्रम संयोजक धीरज खत्री, सचिव गोविन्द नेपाली, कोषाध्यक्ष कृष्ण रानाभाट, भिडियोग्राफी केशव अधिकारी लगायतको ठुलो भुमिका रहेको छ भने सहजिकरण लोकप्रिय गायिका राशी रिजालले गर्नु भएको थियो ।

Facebook Comments Box